

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङमा सञ्चालित होटलहरुमा अनुगमन गरिएको छ ।
जिल्ला अनुगमन समिति धादिङले सोमबार धुनिबेशी नगरपालिकामा सञ्चालित होटल, कोल्ड स्टोर्सहरूमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला अनुगमन समितिका संयोजक मोहन प्रसाद न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार धुनिबेशी नगरपालिकामा सञ्चालित १५ वटा होटल, एक मासु पसल र एक मिठाई पसलमा अनुगमन गर्दा धुनिबेशी नगरपालिका-८ खानिखोलाको डिजि कोल्ड स्टोरलाई २५ हजार, हाईवे स्टाफ होटललाई २५ हजार र धुनिबेशी नगरपालिका-६ मा रहेको सुर्य मिठाई पसललाई १० हजार जरिवाना गरिएको छ ।
कारबाहीमा परेका होटल तथा मिठाइ पसलले सरसफाइमा ध्यान नदिएको, निरन्तर सचेत गराउँदा पनि सुधार नगरेको र अखाद्य बस्तु बिक्रि गरेको पाइएकोले जरिवाना तिराइएको उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख चुडामणी पुरीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा बिभिन्न होटलहरुबाट ५ हजार भन्दा बढि मुल्यको म्याद सकिएको खाद्यान्न सामाग्रिहरु समेत बरामद गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीमा उद्योग तथा वाणिज्य कार्यालय, पशु सेवा कार्यालय, कृषि विकास कार्यालय, आन्तरिक राजश्व कार्यालय गल्छी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरु सहभागी थिए।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |