

काठमाण्डौ । बिल विनाका गरगहना नकिन्न जिल्ला प्रहरी परिसर काठमाण्डौले आग्रह गरेको छ ।
गएको भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घरमा समेत तोडफोड र आगजनी भएको थियो ।
त्यस क्रममा आगजनी र तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान लुटपाट गरेका विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । उनीहरूले लुटेका गरगहना, सरसमान सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल विनाका सामान नकिन्न प्रहरीले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
यस्तै यस्ता सामानहरू प्राप्त भएमा तत्काल खबर गर्न प्रहरीको आग्रह छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |