

धादिङ । सिद्धलेक गाउँपालिकाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ‘रातो किताब’ मा ७ करोड रुपैयाँ हेरफेर भएपछि विवाद देखिएको छ।
२०८२ असार ५ गते उपाध्यक्ष सविता अर्यालले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार गाउँपालिकाको कुल बजेट ६० करोड ५७ लाख ८४ हजार ९१४ रुपैयाँ रहेको थियो।
तर, पछि प्रकाशित ‘रातो किताब’ मा सो भन्दा ७ करोड बढी, अर्थात् ६७ करोड ५७ लाख ८४ हजार ९१४ रुपैयाँ उल्लेख गरिएको छ।
यो बजेट फरकबारे कार्यपालिका सदस्य भगवती तिवारीले गम्भीर प्रश्न उठाउँदै पारदर्शिता र जवाफदेहितामाथि शंका व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, ‘बजेट थपबारे न उपाध्यक्षलाई जानकारी दिइयो, न त प्रमुख प्रशासकीय अधिकृतले आफू जानकार भएको बताए।’ ,“उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दुवै अञ्जान छन् भने जनताले कसलाई विश्वास गर्ने ?” तिवारीले प्रश्न गर्नुभयो।
गाउँसभाबाट पारित बजेटभन्दा फरक अंक राखेर प्रकाशित गरिएको रातो किताब अध्यक्षको एकलौटी निर्णयमा आएको हो वा अन्य त्रुटिका कारण भएको हो भन्नेबारे अझै स्पष्टता आउन सकेको छैन। सोधपुछ गर्दा अध्यक्ष परशुराम खतिवडा सम्पर्कविहीन भएको र कार्यालयमा पनि भेट्न नसकिएको कार्यपालिका कार्यपालिका सदस्य तिवारीको आरोप छ।
यस विषयमा तत्काल स्पष्ट पार्दै जिम्मेवारी लिन गाउँपालिका नेतृत्वलाई माग गरिएको र विकास योजनामा पारदर्शिता अनिवार्यसंगै जनप्रतिनिधि र प्रशासन दुवै जवाफदेही हुनुपर्ने उहाँको भनाइ छ।
गाउँसभाले पारित गरेको भन्दा फरक अंकमा बजेट राख्नुपर्दा कार्यपालिकासंग परामर्श गरी ठोस निर्णय लिनुपर्नेमा अध्यक्षले एकलौटी ढंगले बजेट थपेर रातो किताव प्रकाशित गरेको भन्दै कार्यपालिका सदस्य तिवारीले आक्रोश पोख्नु भएको छ।
यस्तै,बजेट भाषणमा उल्लेख बजेट भन्दा ७ करोड रुपैयाँको अन्तर देखिएपछि उपाध्यक्ष सविता अर्यालले यस बिषयमा आंफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिनुभएको छ। उहाँले भन्नुभयो, ‘रातो किताव कस्ले कहाँ लगेर प्रकाशन गर्छ भन्ने वारेमा आंफुलाई अहिले सम्म कुनै जानकारी छैन।’
हेर्नुहोस् ,चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत असार पाँच गते सार्वजनिक बजेट र लागि नीति तथा कार्यक्रम
आगामी आ.वको लागि सिद्धलेकको बजेट ६० करोड ५७ लाख ८४ हजार
यस्तो छ, ‘रातो किताब’ मा प्रकाशित चालु आर्थिक वर्ष २०८२/८३ को लागि हेरफेर गरिएको बजेट









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |