

काठमाडौं । बडादशैंको मुख्य दिन आज विजया दशमी, आफ्ना मान्यजनका हातबाट टीका र जमरासँगै आर्शिवाद ग्रहण गरिँदैछ।
यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
असत्यमाथि सत्यको विजयका रूपमा मनाइने पर्व दशैँ हो। मर्यादा पुरूषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरूपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा दशैँ मनाउने परम्परा चल्दै आएको छ।
चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ । दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ।
उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णाय समितिले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |