Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

९ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

९ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

९ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१0 घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१0 घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१0 घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

२ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

२ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

१ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • बागमती कलम
  • २७१ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ माघ ३, शनिबार (४ महिना अघि)
कम्पनीको साधारण सभा यस कारण आवश्यक

बिष्णु गिरी निश्चल 
भखरै पुस मसान्त सकिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका प्राईभेट,पब्लिक तथा मुनाफा बितरण नगर्ने कम्पनीहरुले बार्षिक साधारण सभा गरेर त्यसको बिबरण कम्पनी रजिस्ट्रार कर्यालयमा बुझाउनु पर्छ । यो बिबरण पुस मसान्त भित्रमा बुझाएमा कुनै प्रकारको शुल्क तिर्नु पदैन अन्यथा जरिवाना तिर्नु पर्ने कानूनी ब्यबस्था छ ।

यो बार्षिक बिबरण अनलाईन मार्फत पनि बुझाउन सकिन्छ ।  साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । अझ स्पष्ट रुपमा भन्नु पर्दा  साधारणसभा भन्नाले कम्पनीको शेयर पूँजीमा हक भएका शेयरवालाहरूको संयुक्त बैठक भन्ने बुझिन्छ ।

साधारणसभा  सबै शेयरधनीहरू उपस्थित भई छलफल गरी निश्चित निष्कर्ष निकाल्ने ठाउँ हो । त्यसैले साधारणसभालाई कम्पनीका लागि सर्वोच्च निकाय मान्न सकिन्छ ।

कम्पनी ऐन २०६३ को दफा ६७ ले कम्पनीको वार्षिक साधारणसभा र विशेष साधारणसभा गरी दुई प्रकारको हुने उल्लेख गरेको छ । दफा ७६ ले प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने अनुमति पाएको १ वर्ष भित्र प्रथम वार्षिक साधारणसभा गर्नुपर्नेछ ।

त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । म्याद नाघेको ३ महीनाभित्र वार्षिक साधारणसभा नबोलाएमा कार्यालयले त्यस्तो कम्पनीलाई वार्षिक साधारणसभा बोलाउन निर्देशन दिन सक्छ ।

निर्धारित समयमा कम्पनीले साधारणसभा नगरे शेयरधनीले अदालतमा निवेदन दिन पनि सक्ने व्यवस्था समेत छ ।
कम्पनीका साधारण र विशेष गरी दुईप्रकारका सभा हुन्छन् । वार्षिक रूपमा गर्ने सभालाई साधारण र आवश्यकताअनुसार जुनसुकै बेला गरिने सभालाई विशेष भनिन्छ ।

साधारणसभामा सामान्य र विशेष दुवै प्रकारका प्रस्ताव पेश हुन्छन् । पब्लिक कम्पनीले साधारण र विशेष सभा आह्वान गर्न क्रमशः कम्तीमा २१ र २५ दिनअगावै शेयरधनीको ठेगानामा सभा हुने स्थान, मिति र छलफल गर्ने विषय खोली शेयरधनीलाई सूचना पठाउनुपर्छ ।

यही सूचना कम्तीमा दुईपटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा पनि प्रकाशन गर्नुपर्छ । सभा रजिस्टर्ड कार्यालय रहेको वा अधिकांश शेयरधनीलाई पायक पर्ने जोडिएको जिल्लामा गर्नुपर्छ । सभामा सञ्चालक आफै उपस्थित हुनुपर्छ । तर, शेयरधनीले अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्नसक्छ ।

कुनै पनि सभाले वैधानिता पाउन कम्पनीले नियमावलीमा गणपूरक संख्या तोक्नसक्छ । नियमावलीमा तोकिएमा सोहीअनुसार र नतोकिएमा शेयर संख्याको ५० प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुनेगरी कम्तीमा ३ जना शेयरधनी स्वयम वा प्रतिनिधिमार्फत उपस्थित हुनुपर्छ ।

गणपूरक संख्या नपुगेमा कम्तीमा ७ दिनको सूचना दिनुपर्छ र यतिबेला २५ प्रतिशत शेयरको प्रतिनिधित्व हुनेगरी कम्तीमा ३ जना शेयरधनी स्वयं वा प्रतिनिधिमार्फत उपस्थित भएमा सभा गर्न सकिन्छ ।

कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएपछि स्वतन्त्र अस्तित्व प्राप्त गर्नाले कम्पनीे र यसका शेयरधनी वा सञ्चालक बीच फरकफरक हक तथा अधिकारको सृजना हुन्छ ।

कम्पनीका संस्थापक वा शेयरधनीले आफूले चुक्ता गरेको वा चुक्ता गर्न कबुल गरेको रकमसम्म मात्र उनीहरूको दायित्व रहन्छ। कम्पनीले छूट्टै कानूनी व्यक्तित्वको मान्यता प्राप्त गर्नाले यसले व्यक्तिसरह चल अचल सम्पत्ति किनबेच तथा भोग गर्न, आफ्नो नामबाट नालिस गर्न र कुनै व्यक्तिले कम्पनीउपर नालिस दिन, आफ्नो नामबाट करार गरी हकअधिकारको प्रचलन गराउन सक्छ ।

त्यसैले कम्पनीलाई एउटा स्वतन्त्र अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था मानिन्छ । कम्पनीको नाममा रहेको सम्पत्ति शेयरधनी हुँदैन । कम्पनीको नाममा रहेको सम्पत्तिको प्रयोग तथा उपभोग कम्पनी स्वयम्ले गर्छ, न कि त्यसका शेयरधनीले वा सञ्चालकले ।

कम्पनीको साधारणसभा किन बोलाईन्छ ?
कम्पनीको काम, कारोबार, व्यवसाय केकसरी सञ्चालन भइरहेको छ सो सम्बन्धमा छलफल गर्न साधारणसभामा बोलाइन्छ । कम्पनीको साधारणसभाले सञ्चालकको निर्वाचन/नियुक्ति गर्ने र तिनीहरूको भत्ता तथा पारिश्रमिक तोक्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, कम्पनीको मुनाफाबाट वितरण गरिने लाभांशको दर निर्धारण गर्ने नियमित कार्यहरू हुन् ।

कम्पनीको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने, कम्पनीको शेयर पूँजी बढाउने वा घटाउने, कम्पनीले आफ्नो शेयर आफै खरीद गर्ने, कम्पनीले प्रिमियम मूल्यको शेयर जारी गर्ने, डिस्काउन्टमा शेयर जारी गर्ने, हकप्रद वा बोनस शेयर जारी गर्ने, प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा र पब्लिक कम्पनीलाई प्राइभेट कम्पनीमा परिणत गर्ने, कम्पनी गाभ्ने वा गाभिने, डिबेञ्चर जारी गर्ने, कम्पनी खारेज गर्ने वा खारेजीमा पठाउनेलगायत आवश्यकताअनुसारको गर्ने कार्य हुन् ।

कम्पनी ऐन, २०६३ ले व्यवस्था गरेअनुसार कम्पनीको साधारणसभालाई वार्षिक साधारणसभा, र विशेष साधारणसभा गरी दुई किसिममा वर्गीकरण गरिन्छ ।

प्रत्येक पब्लिक कम्पनीले कारोबार शुरू गर्ने इजाजत पाएको १ वर्षभित्र प्रथम वार्षिक साधारणसभा र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । कम्पनीले एक आर्थिक वर्षमा एकपटक साधारणसभा गर्नुपर्छ ।

यस्तो प्रत्येक वर्ष नियमित किसिमबाट गरिने सभालाई कम्पनीको वार्षिक साधारणसभा भनिन्छ । प्रथम वार्षिक साधारणसभा र वार्षिक साधारणसभाबाहेक अन्य साधारणसभालाई विशेष साधारणसभा भनिन्छ । कम्पनीको सञ्चालक समितिले आवश्यक देखेमा विशेष साधारणसभा बोलाउन सक्छ ।

पब्लिक कम्पनी हुने बितिकै शेयर जारी गर्नु पर्छ ?
कतिपयलाई पब्लिक हुने बित्तिकै कम्पनीहरुले सर्वसाधारणमा सेयर जारी गर्नुपर्छ भन्ने भ्रम रहेको छ । तर, नेपालमात्र होइन भारतलगायतका देशमा पनि पब्लिक हुने वित्तिकै सर्वसाधारणमा सेयर जारी गर्नैपर्छ भन्ने प्रावधान राखिएको छैन् । यस्ता कम्पनीहरुले समयसमयमा आफैले पुँजी थप्दै चुक्ता पूँजी पुर्याउने गरेका छन् ।

कम्पनीहरु सर्वसाधारणमा सेयर जारी गर्न अनिच्छुक हुनुमा सबैभन्दा ठुलो कारण पारदर्शिता नै हो । हाम्रो कतिपय लगानी देखाउन नीतिगत समस्या पनि छ, त्यस्तै कतिपयमा परम्परागत सोच रहेको कारणले पनि सेयर जारी गर्न नरुचाउने गरेको पाइन्छ ।

सर्वसाधारणमा सेयर जारी गर्ने कम्पनीले बिभिन्न समयमा वित्तीय विवरण सार्वजनिक गर्नैपर्ने बाध्यता रहन्छ । सर्वसाधारण सेयर लगानीकर्ताबाट लफडा हुनसक्ने सम्भावनालाई व्यवसायीहरुले अड्कोको रुपमा देखाउने गर्छन् ।

हुनतः धितोपत्र बोर्डले यही समस्यालाई सम्बोधन गर्दै सर्वसाधारणबाट एक जना मात्र सञ्चालक बन्न सक्ने गरि यस्ता कम्पनीले चाहेमा १० प्रतिशतमात्र सेयर जारी गरे पुग्ने व्यवस्था पनि गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनी सचिब आवश्यकता की बाध्यता

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ९ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ९ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ९ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १0 घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १0 घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १0 घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    २ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution