Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१८ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१८ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१९ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१९ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

गठबन्धनका उम्मेदवारलाई मत नआउने डर, स्वतन्त्रलाई असन्तुष्टको भर

  • बागमती कलम
  • ४५५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २०, आईतबार (३ साल अघि)
Post Thumbnail

आसन्न चुनावको चहलपहल बढ्दै जाँदा कैलालीमा तालमेल गरी उम्मेदवार बनेका नेताहरुलाई भोट नआउने डर बढेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक अर्का राजनीतिक दलसँग तालमेल गरी उम्मेदवार बनेकालाई असन्तुष्ट कार्यकर्ता र मतदाताको भोट नआउने डर बढ्दा स्वतन्त्र उम्मेदवार भने त्यही मत खोस्ने दाउमा छन् । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताले फरक पार्टीका उम्मेदवारलाई भोट दिनुको साटो स्वतन्त्रलाई मत दिने आशङ्का उनीहरुले गर्दै आएका छन् ।

स्वतन्त्र उम्मेदवार भने राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तानेर चुनाव जित्ने दाउमा छन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र,) नेकपा (एकीकृत समाजवादी)सहितले गठबन्धन गरेका छन् भने नेकपा (एमाले) र जनता समाजवादी पार्टीले पनि एकआपसमा तालमेल गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले जिल्लाका सबै प्रतिनिधिसभा र प्रदेशसभाका सिटमा भागबण्डा गरेर उम्मेदवार उठाएका छन् । जिल्लाका कुनै पनि क्षेत्रमा आफ्ना प्रत्यासी नउठाएको राष्ट्रिय जनमोर्चाको सत्ता उम्मेदवारलाई साथ दिएको छ । कैलालीको निर्वाचन क्षेत्र–१ मा राजपा र नेकपा एमालेबीच तालमेल छ ।

निर्वाचन नजिकिएसँगै यतिबेला सार्वजनिकस्थल, चिया पसल र चोकमा भेला हुने बीचमा यस्तै विषयले प्राथमिकता पाउने गरेको छ । राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता तथा मतदाताका पक्षका मत तान्ने दाउमा देखिएका स्वतन्त्र उम्मेदवार पक्षधर एक कार्यकर्ताले भन्नुभयो, “टिकट वितरणका क्रममा बढेको असन्तुष्टिको फाइदा स्वतन्त्र उम्मेदवार हुने अनुमान गर्न सकिन्छ ।”

नेकपा (एमाले)का नेता चूडामणि भट्ट टिकट वितरणका क्रममा पार्टीभित्र देखिएको असन्तुष्टि कम हुँदै गएको दाबी गर्नुहुन्छ ।

प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस नेता कमल शाह गठबन्धनको मत अन्यत्र नजाने दाबी गर्नुहुन्छ । “निकै कम मत अन्यत्रै जान सक्ला तर धेरै मत गठबन्धनका उम्मेदवारले नै पाउँछन्”, उहाँले भन्नुभयो ।

जिल्लाको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाका लागि जनता समाजवादी पार्टी र नेकपा (एमाले)बीच तालमेल गरिएको छ । जसमा नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा २ मा उम्मेदवार उठाएको छ भने प्रदेशसभा ‘क’ मा जसपाले उम्मेदवारी दिएको छ । जसपाका सुदूरपश्चिम इञ्चार्ज एवं प्रदेशसभाका निवर्तमान सदस्य मालामति रानाथारुले तालमेलअनुसार आफ्नो पार्टीका प्रत्यासीलाई एमालेबाट मत आउने विश्वास गर्नुहुन्छ ।

“जिल्लाका अन्य क्षेत्रमा कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ”, उहाँले भन्नुभयो, “क्षेत्र नं १ मा भने तालमेलअनुसार हाम्रो मत एमालेलाई जान्छ, उहाँहरुको मत हामीलाई आउने अपेक्षा गरेका छौँ ।” नेकपा एकीकृत समाजवादीका नेता दिनेशचन्द्र सुवेदीले सत्ता गठबन्धनको मत टिकट पाएका उम्मेदवारमा जाने दाबी गर्नुहुन्छ । “एक÷दुई प्रतिशत मत दायाँबायाँ भए पनि धेरै मत गठबन्धनका उम्मेदवारलाई नै जान्छ”, उहाँले भन्नुभयो ।

स्वतन्त्रको चुनौती

कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र)मा कांग्रेस र एमालेले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरिरहँदा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा मुख्य राजनीतिक दलका प्रत्यासीका लागि चुनौती बन्नु भएको छ ।

पाँच वर्षअघिको चुनावमा यसै क्षेत्रबाट उम्मेदवार बन्नुभएकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तर्घात गरी पराजित गरेको भन्दै ओझालाई कांग्रेसको कारबाही गरेको थियो ।

उहाँले पाउने मतका आधारमा चुनावी परिणाम प्रभावित हुनसक्ने एकथरीको विश्लेषण छ । कांग्रेसका प्रत्यासी डिल्लीराज पन्त भने दलीय व्यवस्थामा स्वतन्त्रको हैसियत धेरै नहुने भएकाले आफ्ना लागि चुनौती नरहेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “आम कांग्रेसको मतसँगै गठबन्धन दल समर्थितको मत आउँदा आफूलाई चुनाव जित्नेमा विश्वस्त छु ।” यसै क्षेत्रबाट प्रत्यासी रहनुभएका नेकपा एमाले नेता नारदमुनी रानाले पनि आफू चुनाव जित्ने दाबी गर्नुहुन्छ ।

स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले भने राजनीतिक दलप्रति बढ्दै गएको दिशाहीनता र निराशाका कारण मतदाताले स्वतन्त्र उम्मेदवारको खोजी गरिरहेको दाबी गर्नुभयो ।

यस क्षेत्रमा टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीको उम्मेदवारी रद्द भएपछि सो पार्टीले स्वतन्त्र उम्मेदवार जगदीश चौधरीलाई समर्थन गरेको छ । साथै स्वतन्त्र उम्मेदवारमा गगनबहादुर धामी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, तमलोपाका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी र दर्लामीमगर पनि प्रत्यासी हुनुहुन्छ ।

प्रदेशसभा १ मा माओवादीको तर्फबाट रमेश धामीले टिकट पाउँदा माओवादीकै वागी उम्मेदवार रमेश बस्नेत र प्रदेशसभा ‘ख’ मा कांग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले टिकट पाउँदा कांग्रेसबाट राजीनामाको घोषणा गर्दै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रदेश २ मा एमालेका दुर्गाप्रसाद जोशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्तिक लोहार, नागरिकउन्मुक्ति पार्टीका गोठु चौधरी, नपाली कांग्रेस बिपीका दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर, राप्रपाका शिवराज भण्डारी पनि प्रतिस्पर्धी हुनुहुन्छ ।

प्रदेशसभा १ बाट एमालेको तर्फबाट टिकट पाउनुभएका यज्ञराज बाँस्तोलाको टिकट अन्तिम अवस्थामा खोसेर नेपालु चौधरीलाई दिइएपछि सो पार्टीमासमेत असन्तुष्टि छ ।

बाँस्तोलाले पार्टी नै परित्याग गर्नुभएको छ । प्रदेशसभा १ का प्रत्यासी राप्रपाका पुष्करदत्त भट्ट र नागरिकउन्मुक्ति पार्टीका श्रीराम चौधरी पनि बलियो प्रतिस्पर्धी हुनुहुन्छ । कैलारी गाउँपालिकाका दुई वडा र धनगढी उपमहानगरपालिकाका १९ वडा समावेश गरिएको क्षेत्र ५ का वडामा गत स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षले २२ हजार सात सय ७९, माओवादी केन्द्रका वडाध्यक्षले सात हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार नौ मत पाएका थिए । एमालेका वडाध्यक्षले १७ हजार चार सय २०, राप्रपाका वडाध्यक्षले दुई हजार तीन सय ६१ मत पाएका थिए ।

क्षेत्र १ मा उन्मुक्ति पार्टीसँग अन्य दलको टक्कर

कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ । विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ (टीकापुर क्षेत्र) लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो ।

विसं २०७४ सङ्घीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जित्नुभएको थियो ।

त्यतिबेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो । प्रदेशसभा
१ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेशसभा १ बाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले चुनाव जित्नुभएको थियो ।

अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी हुनुहुन्छ ।धरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी, प्रत्यासी हुनुहुन्छ ।-(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १८ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १८ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १९ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १९ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution