

धादिङ,२० कात्तिक ।
धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा आफूरहेको र आफूसँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ लगायतको अधिकांस स्थानीय नागरिकहरुको परापूर्वकाल देखि वसोवास, खेतीपाति गर्दै आएको श्री ५ को बायुगुठी जनाएको जमिनहरु बिगत आर्थिक वर्ष २०७३/०७४ देखि अंंशवण्डा, बेचविखन गर्दा बन्ने जग्गाधनी प्रमाणपूर्जामा जग्गा धनीको नाम थर हटाइ मोही भन्ने शब्द जनाइएको प्रति पीडित समूदायले यस वर्ष आफ्नो समस्या समाधान गर्नेलाई मात्र मत दिने जनाएका थिए ।
०७३/७४ अघि रैकर रहेको जग्गाको तिरोतिर्नमात्र गुठीलाई तिर्नेगरिएको थियो । श्री ५ को बायु गुठी भनिउल्लेख गरि जग्गा धनीको नाम मोही उल्लेख भएकोले सबै जग्गा धनीकोस्वामित्वमा लालपूर्जा पाउनका लागि यसअघि आफूले पहल गरेको र आगामी दिनमा आफू पदमा रहे वा नरहे पनि गुठी पीडितको लागि लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यसैगरि नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले एमाले सरकार बनाएर गुठीका सबैसमस्या समाधान गर्ने बताउनुभयो। श्री ५ हराइ सकेको अवस्थामा श्री ५ को बायु गुठी रहनु दुखद भएको भन्दै बायुगुठी मोही भनिएकाहरुको नाममा लाल पुर्जा दिनेकुरामा एमालेले समस्या समाधान गर्ने उहाँको भनाइ छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |