

धादिङ । त्रिमूर्ति मोबाइल हाउस धादिङको त्रिमूर्ति बम्पर उपहार अन्तरगत नीकलण्ठ नगरपालिका-१४ धुवाकोट रातमाटेका विजन शाहले स्कुटर जितेका छन् ।
२०८२ सालभर आफ्ना विभिन्न ४ शाखाहरुबाट मोवाइल खरिद गरेका करिव पाँच हजार ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत शाहले हिरोको जुम स्कुटर जितेका हुन् ।
नयाँ बर्षको अवसरमा मंगलबार धादिङबेशीमा आयोजित एक कार्यक्रमका बिच त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले शाहलाई स्कुटर प्रदान गर्नुभएको हो ।
मोबाइल किनेकै भरमा स्कुटर जितेको भन्दै शाहले खुसी व्यक्त गरे ।
‘पहिलेदेखि नै त्रिमूर्ति मोबाइल हाउसमा मोबाइल लगायत अन्य सामाग्रीहरु किन्थें । यो पसल विश्वासिलो र भरपर्दाे छ’ उनले भने-‘यो स्कुटर जितेपछि झनै विश्वास थपिएको छ । हामी त स–परिवार खुसी छौं । म अनि हाम्रो परिवार मात्र होइन, साथीभाई सबैलाई त्रिमूर्ति मोबाइल हाउसमै आउन अनुरोध गर्दछु । यो पटक मैले जितेँ अब पालो तपाईहरुको हो ।’
अघिल्लो वर्ष २०८१ मा मोबाइल खरिद गरेका ग्राहकहरुमध्येबाट त्रिमुर्ती मोबाईल हाउसले २०८२ बैशाख १ गते नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरुमध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो ।
उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।
त्यसैगरी, त्रिमूर्ति मोबाइल हाउसले हरेक महिना लक्की ड्र मार्फत ग्राहकहरूलाई सुनको औठी उपहार दिँदै आएको छ । चैत महिनाको सुनको औठी गङ्गाजमुना गाउँपालिका-२ की सिमा तामाङले जितेकी छिन्।

२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ ।
ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले धादिङमा तीनवटा र काठमाडौँको कलंकीमा समेत शाखा विस्तार गरेकोे त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले जानकारी दिनुभयो।
‘२०६९ सालदेखि यस क्षेत्रमा रहेको बताउदै प्रोप्राइटर श्रेष्ठले मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरूका लागी धादिङबेशीको मिलनटोल, विचबजार, पुछारबजार र काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका बताउनुभयो ।
मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको उहाँको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |