























धादिङ । जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि सार्वजनिक गर्दै आगामी कार्ययोजना प्रस्तुत गरेको छ।
सञ्चारकर्मी तथा सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, खोप अभियान, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन तथा रोग नियन्त्रणका क्षेत्रमा भएका प्रगति बारे जानकारी गराइएको थियो।
कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जनस्वास्थ्य प्रवर्द्धनका लागि चुरोट र मदिराको उत्पादन तथा उपभोग नियन्त्रणमा राज्यले कडा नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो।
“जनस्वास्थ्यलाई प्राथमिकता दिने हो भने चुरोट र रक्सीका उद्योगसमेत बन्द गर्नुपर्ने अवस्था आउन सक्छ,” उहाँले भन्नुभयो।
जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले कार्यालयका वार्षिक उपलब्धि तथा आगामी योजना प्रस्तुत गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार सुदृढीकरण र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यसम्बन्धी सूचना र जनचेतनामूलक सामग्री समुदायस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन जनस्वास्थ्य कार्यालय र सञ्चारमाध्यमबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |