Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

२ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

  • Default Profile
  • बागमती कलम
  • ५२७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार (१ महिना अघि)
सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

धादिङ । सिद्धलेक गाउँपालिकाले करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूको सेवा निरन्तरता नदिने भन्दै जारी गरेको सूचना सार्वजनिक भएको केही समयमै हटाएपछि गाउँपालिकामा कार्यरत कर्मचारीहरू अन्योलमा परेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यद्वारा हस्ताक्षरित सूचनामा बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ को व्यवस्था उल्लेख गर्दै दरबन्दीभन्दा बाहिर रही कार्यरत कर्मचारीहरूको सेवा २०८३ साउन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म थप गर्न नसकिने जनाइएको थियो।

सूचनामा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत त्यस्ता कर्मचारीलाई साउन १ गतेपछि हाजिर गराएमा सम्बन्धित कार्यालय प्रमुख वा पदाधिकारी स्वयं जिम्मेवार हुने तथा तलब, भत्ता र अन्य सुविधा भुक्तानी गर्न नसकिने उल्लेख गरिएको थियो।

उक्त सूचना प्रकाशित भएपछि बागमती कलमसहित विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए। तर सूचना सार्वजनिक पश्चात सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको केही समयमै गाउँपालिकाको वेबसाइटबाट सूचना हटाइएको पाइएको छ।

गाउँपालिकाका अन्य सूचना तथा सार्वजनिक जानकारीहरू उपलब्ध रहे पनि करार तथा ज्यालादारी कर्मचारीको सेवा निरन्तरतासम्बन्धी उक्त सूचना भने हाल वेबसाइटमा देखिँदैन।

सूचना जारी र त्यसको केही समयमै हटाइएपछि गाउँपालिकामा कार्यरत करिब ६८ जना करार तथा ज्यालादारी कर्मचारीहरू आफ्नो सेवाको अवस्थाबारे अन्योलमा परेका छन्।

सेवा निरन्तर रहने वा नरहने, कार्यालयमा नियमित हाजिर हुने वा नहुने तथा आगामी तलब-भत्ताको अवस्था के हुने भन्ने विषयमा स्पष्ट जानकारी नपाउँदा कर्मचारीहरू अन्योलमा परेका छन् ।

गाउँपालिकाभित्रका केही कर्मचारी तथा जनप्रतिनिधिहरूले नाम नखुलाउने सर्तमा दिएको जानकारी अनुसार सूचना जारी गर्ने विषयमा गाउँपालिकाभित्र फरक धारणा रहेको थियो।

उनीहरूका अनुसार केही जनप्रतिनिधि र प्रशासनिक नेतृत्वको सहमतिमा सूचना सार्वजनिक गरिएको भए पनि पछि गाउँपालिका नेतृत्व तथा अन्य जनप्रतिनिधिहरूबीच असहमति देखिएको थियो।

विभिन्न वडा तथा शाखामा जनशक्ति अभाव हुने अवस्था सिर्जना हुन सक्ने चिन्तापछि गाउँपालिका पुनर्विचारको अवस्थामा पुगेको हुन सक्ने उनीहरूको भनाइ छ।

यद्यपि, यी दाबीहरूको आधिकारिक पुष्टि भने हुन सकेको छैन।

यस विषयमा गाउँपालिकाका जिम्मेवार पदाधिकारीसँग सम्पर्क गरी प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म कसैको प्रतिक्रिया प्राप्त हुन सकेन।

स्थानीय तहमा करार र ज्यालादारी कर्मचारी व्यवस्थापनको विषय अहिले प्रदेशभर नै बहसको विषय बनिरहेका बेला सिद्धलेक गाउँपालिकाको यो घटनाले थप जिज्ञासा उत्पन्न गरेको छ।

एकातिर कानुनी व्यवस्थाको हवाला दिँदै सेवा निरन्तरता नदिने सूचना जारी गरियो भने अर्कोतर्फ त्यही सूचना केही समयमै हटाइयो।

तर सूचना हटाइनुको कारण र करार कर्मचारीहरूको सेवाबारे गाउँपालिकाको अन्तिम निर्णय के हो भन्ने विषयमा हालसम्म कुनै नयाँ सार्वजनिक सूचना जारी गरिएको छैन।

स्पष्ट निर्णय र आधिकारिक धारणा नआउँदा गाउँपालिकामा कार्यरत दर्जनौं कर्मचारीहरू अहिले पनि ‘कार्यालय जाने कि नजाने’ भन्ने अन्योलमै रहेको बताइएको छ।

गाउँपालिकाले यस विषयमा चाँडो स्पष्टता दिन नसके कर्मचारीहरूको मात्र होइन, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सेवा प्रवाहमा समेत असर पर्न सक्ने सरोकारवालाहरूको भनाइ छ।

असार ३२ गते गाउँपालिकाले जारी गरेको सूचना

गाउँपालिकाको वेभसाईट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    २ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution