

काठमाण्डौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोलानजिकै र चितवनको इच्छाकामना गाउँपालिका फिसलिङमा पहिरो खसेर नागढुंगा–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।
दकाठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका अवरुद्ध भएका कारण काठमाण्डौ बाहिर जाने गाडीलाई नागढुंगामै रोकिएको छ ।
यसैगरी काठमाण्डौ भित्रिने गाडीलाई कुरिनटारमा रोकेर राखिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन् ।
नारायणगढ-मुग्लिन-पोखरा सडक भने खुला छ । यसैगरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीपी राजमार्ग गएरातिदेखि बन्द छ । सडक खुलाउने प्रयास भैरहेको काभ्रे प्रहरीले जनाएको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |