

धादिङ। मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि सञ्चालनमा आएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा आइतबार बिहान ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार अविरल वर्षापछि आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने काममा कठिनाइ भएपछि अवरुद्ध सडक सुचारु गराउन समय लागेको हो।
जेसिवीको प्रयोग गरी पहिरो हटाएर अहिले अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो।
Filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |