

धादिङ। नीलकण्ठ नगरपालिका-२ स्थित तल्लो भुलभुलेमा खसेको पहिरोले स्थानीय बस्तीमा ठूलो क्षति पुर्याएको छ।
पहिरोका कारण चार घरपरिवार विस्थापित भएका छन् भने धादिङबेंसीका करिब २ हजार ५ सय घरधुरी खानेपानी सेवाबाट वञ्चित बनेका छन्।
पँधेरो खोल्चा डाँडाबाट सुरु भएको पहिरोले बस्ती नजिकका घरहरू जोखिममा परेको हो।
पहिरोमा परेर दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षति भएको छ भने गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका परिवारले समेत घर छाड्नुपरेको अवस्था सिर्जना भएको छ।
पहिरोका क्रममा धादिङबेंसीमा पानी आपूर्ति गर्ने मुख्य पाइपलाइन फुटेपछि खानेपानी सेवा अवरुद्ध भएको हो।
पाइप फुटेर बगेको पानीले जमिन थप कमजोर बनेपछि पहिरो झन् फैलिएको स्थानीयले बताएका छन्।
यसैबीच, गाउँको अर्को भागमा रहेको नेवार खोल्छाबाट समेत पहिरो खस्न थालेपछि भुलभुले बस्ती थप जोखिममा परेको छ।
स्थानीय भरतबहादुर गुरुङका अनुसार हाल ४६ घरपरिवार उच्च जोखिममा रहेका छन्।
पहिरोले करिब २०० रोपनी खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। साथै प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा निर्माण गरिएको करिब ६०० घनमिटर क्षमताको ग्याबिन पर्खाल पनि भत्किएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा तथा नीलकण्ठ खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका पदाधिकारीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।
टोलीले खानेपानी सेवा छिट्टै पुनः सञ्चालन गर्ने तथा जोखिममा रहेका बस्तीको संरक्षणका लागि आवश्यक पहल अघि बढाइने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |