

धादिङ । धादिङ जिल्ला अदालतले दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दाको फैसला गर्दै पुराना मुद्दा शून्यमा झार्न सफल भएको छ।
गत आर्थिक वर्षसम्म दुई वर्ष नाघेका २४ वटा मुद्दा बाँकी रहेकामा सबैको टुंगो लगाइएको अदालतका श्रेस्तेदार राजेन्द्र लुइँटेलले जानकारी दिनुभयो ।
यससँगै अदालतमा दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा नरहेको जनाइएको छ।
आर्थिक वर्ष २०८२/८३ मा अदालतमा १ हजार २ सय ३३ नयाँ मुद्दा दर्ता भएका थिए।
अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३ सय २५ मुद्दासहित कुल १ हजार ५ सय ५८ मुद्दा अदालतको कार्यभारमा परेका थिए।
दुई जना न्यायाधीश रहेको अदालतले समीक्षा अवधिमा १ हजार ८५ मुद्दाको फर्छ्योट गरेको छ।
यो कुल मुद्दाको ६९ दशमलव ६४ प्रतिशत हो।
अदालतमा सबैभन्दा बढी देवानी र फौजदारी प्रकृतिका मुद्दा दर्ता तथा फैसला भएका छन्।
पुनरावेदन र रिटसम्बन्धी मुद्दाको सुनुवाइ तथा किनारा लगाउने कार्य पनि निरन्तर भएको अदालतको तथ्यांकले देखाएको छ।
यद्यपि, अदालतमा हाल ४ सय ७३ मुद्दा फैसला हुन बाँकी छन्।
एक वर्षमा उल्लेख्य संख्यामा मुद्दा टुंग्याउन सफल भए पनि बाँकी रहेका मुद्दाको छिटो सुनुवाइ र फर्छ्योट आगामी वर्षको मुख्य चुनौतीका रूपमा रहेको अदालतको निष्कर्ष छ।
श्रेस्तेदार लुइँटेलले आगामी आर्थिक वर्षमा मुद्दा फर्छ्योट दर अझ बढाउने लक्ष्यसहित अदालत अघि बढिरहेको जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |