

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लंघन गर्ने ८ हजार ४ वटा सवारी साधनमाथि कारबाही गर्दै ७२ लाख २९ हजार २ रुपैयाँ राजस्व संकलन गरेको छ ।
दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै वर्षभर ट्राफिक नियम कार्यान्वयन, चालक सचेतना र सवारी साधनको नियमित चेकजाँचलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार वर्षभर २ हजार ८२५ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममार्फत २ लाख ८० हजार १५० जना प्रत्यक्ष लाभान्वित भएका जनाएको छ ।
दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत १४० जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ। साथै लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि ३१ जना चालकमाथि कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पृथ्वी राजमार्ग तथा जिल्लाका मुख्य सडकखण्डमा नियमित ट्राफिक निगरानी, सवारीको प्राविधिक परीक्षण, जोखिमयुक्त क्षेत्रको पहिचान तथा दुर्घटना न्यूनीकरणका कार्यक्रमलाई आगामी वर्ष पनि थप प्रभावकारी बनाइने जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |