

धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडामाथि सार्वजनिक स्थलमै कुटपिट गरी फरार रहेका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सिद्धलेक गाउँपालिका वडा नं ७ बस्ने वर्ष ४८ को विशाल भन्ने रुद्र बहादुर गिरीलाई साउन १२ गते मंगलबार नीलकण्ठ नगरपालिका-३ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार असार ३२ गते सिद्धलेक गाउँपालिका-५ बुङचुङमा गिट्टी-बालुवा धुने वासिङ मेसिनको विषयमा भएको विवादका क्रममा गिरीले गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि मुक्का प्रहार गरेका थिए।
घटनामा अध्यक्ष खतिवडाको गाला र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका गिरीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी खोजतलास तथा अनुसन्धान भइरहेको थियो।
सोही क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गिरीलाई साउन १३ गते ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |