

सल्यानटार,२१ कात्तिक ।
धादिङ क्षेत्र नं २ (२) का प्रदेश सभा राप्रपाका उम्मेदवार डम्बर तामाङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।
नेकपा एमालेसंग तालमेल गरि प्रदेशसभामा राप्रपाको उम्मेदवार रहेको छ । प्रतिनिधिसभामा खेम लोहनीलाईसूर्य चिन्हमा र प्रदेश सभामा राप्रपाका डम्बर तामाङलाई जिताउन आग्रह गर्दै उम्मेदवार तामाङ कुमाल र दरई समूदायको घरदैलोमा पुग्नु भएको हो ।
लामो समयदेखि विकास र समृद्धिको सपना देखाएर पनि गाउँको विकास नभएका कारण आर्थिक वृद्धि गर्न नपाएका पछाडी पारिएका दरई कुमालहरुले गाउँमा विकासका काम गर्नेलाई मत दिने बताएको स्थानीय संगिता कुमालले बताउनुभयो ।
जनताको माग अनुसार आफू प्रदेशस सभामा पुगेर विकासका कार्यक्रमहरु ल्याउने र गरिवहरुको आर्थिक विकास गर्ने कायृक्रम संचालन गर्ने उम्मेदवार तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयो । मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले र राप्रपाका नेता कार्यकर्ता सहभागि भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |