Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण १८, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

५ घण्टा अघि
२

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

६ घण्टा अघि
३

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

१८ घण्टा अघि
४

पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

१८ घण्टा अघि
५

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ दिन अघि
६

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ दिन अघि
७

तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)

१ दिन अघि
८

योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता

२ दिन अघि
९

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

२ दिन अघि
१०

धादिङमा घरेलु हिंसाका ७५ उजुरी

३ दिन अघि
११

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

५ दिन अघि
१२

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

५ दिन अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

५ दिन अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ हफ्ता अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ हफ्ता अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

३ हफ्ता अघि
५

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ दिन अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

२ हफ्ता अघि
८

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ दिन अघि
९

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

३ हफ्ता अघि
१०

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

५ दिन अघि
११

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

१ हफ्ता अघि
१२

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

२ दिन अघि

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

  • Default Profile
  • बागमती कलम
  • ६६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण १८, सोमबार (५ घण्टा अघि)
सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

धादिङ- सिद्धलेक गाउँपालिकामा कृषि अनुदान कार्यक्रमसँग सम्बन्धित एउटा विषय अहिले चर्चामा आएको छ।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले तीन लाख रुपैयाँ बजेटबाट ६ हजार ६ सय ६६ वटा ‘सुनकागती’का बिरुवा खरिद गरी विभिन्न वडाका किसानलाई वितरण गरेको थियो।

फलफूल उत्पादन बढाउने र किसानलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरिएको बिरुवामा तीन वर्षपछि किसानले अपेक्षा गरेको सुनकागती होइन बिमिरोजस्तो देखिने फल लाग्न थालेपछि किसानहरूले असन्तुष्टि जनाएका छन्।

किसानहरूको भनाइअनुसार उनीहरूले गाउँपालिकामाथि विश्वास गरेर तीन वर्षसम्म बिरुवाको मलजल, गोडमेल, सिँचाइ, काँटछाँट र संरक्षण गरे। तर उत्पादन दिने बेला आफूहरूले अपेक्षा गरेको जातको सट्टा फरक जातको फल लागेपछि तीन वर्षको श्रम, समय र लगानी खेर गएको उनीहरूको गुनासो छ।

सिद्धलेक गाउँपालिका-६ का किसान रामकुमार श्रेष्ठले आफ्नो बारीमा ५० वटा बिरुवा रोपेको बताउनुभयो। गाउँपालिकाको सिफारिसमा बिरुवा लगाएको र भविष्यमा राम्रो आम्दानी हुने आशा राखेको भए पनि अहिले क्षतिपूर्तिको माग गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

अर्का किसान गंगासागर नेपालले पनि स्थानीय सरकारमाथि विश्वास गरेर बिरुवा रोप्दा फरक जातको बिरुवा वितरण भएकाले श्रम, समय र भावी आम्दानीमा ठूलो असर परेको बताउनुभयो। उहाँका अनुसार अनुदान कार्यक्रम पारदर्शी र प्रभावकारी हुनुपर्नेमा किसान नै मारमा परेका छन्।

स्थानीयहरूले बिरुवा खरिददेखि वितरण र गुणस्तर परीक्षणसम्मका प्रक्रियामा कमजोरी भएको आशंका व्यक्त गरेका छन्। उनीहरूले खरिद प्रक्रिया, आपूर्तिकर्ताको भूमिका र अनुगमन प्रणालीको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

यता तत्कालीन कृषि शाखा प्रमुख कोमलप्रसाद जोशीले भने बिरुवा वितरणमा प्राविधिक त्रुटि भएको स्वीकार गरेका छन्।
उनका अनुसार जिल्ला दररेटअनुसार एउटा बिरुवाको मूल्य २ सय ३७ रुपैयाँ रहे पनि सीमित बजेटका कारण ‘एयर लेयरिङ’ प्रविधिबाट उत्पादन गरिएको प्रतिविरुवा ४५ रुपैयाँका दरले बिरुवा खरिद गरिएको थियो।

जोशीका अनुसार किसानले ‘सुनकागती’ मात्र माग गरेका थिए, ‘सुनकागती–१’ भनेर स्पष्ट उल्लेख गरेका थिएनन्। उनले भने, “हामीले ‘सुनकागती’ भनेपछि त्यो ‘सुनकागती–१’ हो कि ‘सुनकागती–२’ भन्ने छुट्याउन सकेनौँ। दुवै सुनकागतीकै जात भएकाले बिरुवाको अवस्थामा उस्तै देखिन्थे। आपूर्तिकर्ताले पनि कुन जात चाहिएको हो भनेर सोधेन र बढी व्यावसायिक उत्पादन हुने भन्दै ‘सुनकागती–२’ उपलब्ध गरायो।”

उहाँले यो नियतवश नभई किसानको माग, प्राविधिक बुझाइ र आपूर्ति प्रक्रियामा भएको समन्वय अभावका कारण भएको त्रुटि भएको दाबी गरेका छन्। साथै प्रभावित किसानले नियमअनुसार क्षतिपूर्ति पाउनुपर्ने र घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।

यता किसानहरूले भने वितरण गरिएका बिरुवाको प्राविधिक परीक्षण, खरिद तथा आपूर्ति प्रक्रियाको निष्पक्ष छानबिन, दोषी आपूर्तिकर्ता तथा जिम्मेवार अधिकारीमाथि कानुनी कारबाही तथा आफूहरूले व्यहोरेको आर्थिक क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

किसान रामकुमार श्रेष्ठले एक महिनाअघि गाउँपालिकामा अनुसन्धान र क्षतिपूर्तिको माग गर्दै निवेदन दर्ता गरेको दाबी गरेका छन्। तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्यले हालसम्म यस विषयमा कुनै पनि लिखित निवेदन प्राप्त नभएको बताउनुभएको छ।

उहाँका अनुसार बिरुवा खरिद कहिले, कसरी र कुन प्रक्रियाबाट भएको थियो भन्ने विषयमा आवश्यक जानकारी संकलन गरी तथ्यका आधारमा छानबिन गरिनेछ। औपचारिक रूपमा निवेदन प्राप्त भए कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

तीन वर्षपछि सार्वजनिक भएको यो घटनाले स्थानीय तहबाट सञ्चालन हुने कृषि अनुदान कार्यक्रमको गुणस्तर, पारदर्शिता, अनुगमन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • maidi-sadak

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

  • barsa

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

  • petrol

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?

  • pakrau

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

  • समाचार
  • १

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    ५ घण्टा अघि

  • २

    मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती
    ६ घण्टा अघि

  • ३

    मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने
    १८ घण्टा अघि

  • ४

    पेट्रोल-डिजेलको मुल्य बढ्यो,ग्यासको यथावत:कतिमा हुँदैछ कारोबार ?
    १८ घण्टा अघि

  • ५

    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ
    १ दिन अघि

  • ६

    त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार
    १ दिन अघि

  • ७

    तीज गीत ‘रन्काईदेउ मादलु रिनिनी’ दर्शकमाझ (भिडियो)
    १ दिन अघि

  • ८

    योजना कार्यान्वयन सम्बन्धी छलफल:धादिङका पूर्वाधार योजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता
    २ दिन अघि

  • ९

    धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित
    २ दिन अघि

  • १०

    धादिङमा घरेलु हिंसाका ७५ उजुरी
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution