

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङका विभिन्न स्थानीय तहका १३४ जना सम्पर्कविहीन भएको पछिल्लो विवरण प्राप्त भएको छ।
रसुवाको बाढीपछि धादिङका विभिन्न पालिकाले सार्वजनिक गरेको विवरण तथा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्राप्त तथ्यांकको आधारमा सम्पर्कविहीनको संख्या १३४ पुगेको हो। यसमा धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ हिँडेका २६ जना समेत छन्।
प्राप्त विवरणअनुसार सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकाका २५ जना सम्पर्कविहीन भएका छन्। यस्तै थाक्रे गाउँपालिकाका २३ जना, गङ्गाजमुना गाउँपालिकाका १५ जना, रूबीभ्याली गाउँपालिकाका १५ जना, धुनिबेँसी नगरपालिकाका १३ जना र खनियाबास गाउँपालिकाका ९ जना सम्पर्कविहीन छन्।
त्यस्तै गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाका ७/७ जना, गजुरी गाउँपालिकाका ५ जना, नेत्रावती डबजोङ गाउँपालिकाका ५ जना, ज्वालामुखी गाउँपालिकाका १ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका २ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
सम्पर्कविहीन भएका हरुको अवस्था अझै अज्ञात रहेको छ। उनीहरुको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।
सम्पर्कविहीनको संख्याबारे जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको विवरण र सम्बन्धित पालिकाहरुले सार्वजनिक गरेको विवरणमा केही फरक देखिएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विवरणमा सबै स्थानीय तहका सम्पर्कविहीन व्यक्तिको संख्या समेटिएको छैन। यता, सम्बन्धित पालिकाहरुले भने आफ्ना क्षेत्रका सम्पर्कविहीन व्यक्तिको विवरण छुट्टाछुट्टै सार्वजनिक गरेका छन्।
बागमती कलमले पालिकाहरुबाट सार्वजनिक गरिएको विवरण तथा जिल्ला प्रशासन कार्यालय धादिङबाट प्राप्त विवरणलाई आधार मानेर तथ्यांक संकलन गरी १३४ जनाको संख्या तयार गरेको हो। त्यसैले यो संख्या जिल्ला प्रशासन कार्यालयको एकल विवरणसँग पूर्ण रूपमा मेल नखान सक्छ।
सम्पर्कविहीनहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले प्राप्त विवरणमा थपघट हुन सक्नेछ। यो तथ्यांक सम्बन्धित निकायबाट प्राप्त पछिल्लो विवरणका आधारमा तयार गरिएको हो।
प्रशासनले सार्वजनिक गरेको विवरण


पालिकाले सार्वजनिक गरेको फरक विवरण






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |