

धादिङ । बेनिघाट रोराङ गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ रुपैयाँ सहायता रकम जम्मा गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यससँगै धादिङका १३ स्थानीय तहमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत रूपमा राहत रकम जम्मा गर्ने बेनिघाट रोराङ गाउँपालिका जिल्लाकै पहिलो पालिका बनेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले हस्ताक्षर गरी गृह मन्त्रालयलाई पठाएको पत्रमा गाउँपालिकाको तर्फबाट कोषमा ५ लाख १ रुपैयाँ सहायता रकम जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।
आफ्नै पालिकाभित्र समेत बाढीका कारण ठूलो क्षति पुगेको अवस्थामा बेनिघाट रोराङले विपद्को घडीमा अन्य प्रभावित क्षेत्रका लागि सहयोगको अग्रसरता देखाएको हो।
यसैगरी ज्वालामुखी गाउँपालिकाका जनप्रतिनिधिले पनि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरूले ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |