

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडक भोलि मंगलबार पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गदै उक्त वैकल्पिक सडकमा थप मर्मत-सम्भारको काम गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइने जनाएकोछ।
यस अवधिमा यात्रु तथा सवारी चालकलाई धादिङबेशी-सुनौला बजार-भोर्ले-कोसिखोला-फोस्रेटार-कल्लेरीटार हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण फुर्केखोलाको पक्की पुल बगेपछि पृथ्वी राजमार्गको नियमित आवागमन प्रभावित हुँदै आएको छ।त्यसपछि सवारी आवागमनका लागि परेवाटार-मास्टार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |