

धादिङ । भोटेकोशी बाढीका कारण फुर्केखोलाको पक्की पुल बगेपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक प्रयोग गर्ने यात्रुका लागि धादिङ मण्डली यातायात प्रा.लि.ले नयाँ भाडादर सार्वजनिक गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङको निर्णयअनुसार परेवाटारदेखि पिपलटार, आदमटार हुँदै मासटारसम्म जाने वैकल्पिक कच्ची सडकमा साविकको भाडामा ५० रुपैयाँ वृद्धि गर्ने निर्णय गरिएको जनाएको छ।
तर, केही सवारीसाधनले यात्रुलाई बिहानी पम्पको झोलुङ्गे पुलसम्म पुर्याएर त्यहाँबाट अर्को सवारीमा स्थानान्तरण गराई अतिरिक्त भाडा असुल गरेको गुनासो आएपछि कम्पनीले धादिङबेशीदेखि बिहानी पम्पसम्म र बिहानी पम्पदेखि काठमाडौंसम्मको भाडा भने साविककै कायम गरेको छ।
धादिङबेशीबाट बिहानी पम्पको झोलुङ्गे पुलसम्म ११० रुपैयाँ र बिहानी पम्पबाट काठमाडौंसम्म २३० रुपैयाँ भाडा कायम गरिएको धादिङ मण्डली यातायात प्रा.लि.ले जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको धादिङ–काठमाडौं भाडादरअनुसार:

त्यस्तै, काठमाडौं फर्कनेतर्फ काठमाडौं–फिसटार ३२५, काठमाडौं–बुङचुङ ३४५, काठमाडौं–बैरेनी ३५५, काठमाडौं–कालिदह ३६५, काठमाडौं–डुम्रेखोला ३७५, काठमाडौं–ससाह ३८० र काठमाडौं–धादिङबेशी ३९० रुपैयाँ भाडा उल्लेख गरिएको छ।
कम्पनीले वैकल्पिक सडक प्रयोग गर्ने नाममा यात्रुसँग दोहोरो वा मनपरी भाडा नलिन र सार्वजनिक गरिएको भाडादरअनुसार मात्र रकम लिन सवारी व्यवसायी तथा चालकहरूलाई आग्रह गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |