

धादिङ । धादिङवेशी जोड्ने फुर्केखोलाको पक्की पुल क्षतिग्रस्त भएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक मार्गमा सवारी आवागमनको समय संशोधन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज सूचना जारी गर्दै परेवाटार–मासटार सडकमा सवारी आवागमनलाई थप व्यवस्थित बनाउन एकतर्फी सवारी सञ्चालनको समय संशोधन गरेको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण धादिङको गजुरी गाउँपालिका-२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङवेशी आवतजावतका लागि परेवाटार–मासटार सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
तर वैकल्पिक सडक साँघुरो भएकाले सवारी चाप व्यवस्थापन गर्न सुरक्षा निकाय तथा यातायात व्यवसायीसँग भएको छलफलपछि नयाँ समय निर्धारण गरिएको प्रशासनले जनाएको छ।
नयाँ व्यवस्था अनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म गल्छी–मासटारबाट परेवाटार हुँदै धादिङवेशीतर्फ आउने सवारी साधन सञ्चालन हुनेछन्। यस क्रममा सवारी साधनले मासटारको पुल कटिसकेको हुनुपर्नेछ।
त्यस्तै, दिउँसो १२ बजेदेखि ३ बजेसम्म धादिङवेशीबाट परेवाटार हुँदै मासटार–गल्छीतर्फ जाने सवारी साधन सञ्चालन हुनेछन्। यस क्रममा सवारी साधन परेवाटार कटिसकेको हुनुपर्ने प्रशासनले जनाएको छ।
उल्लेखित समयबाहेकको अवधिमा भने सुरक्षा अवस्था र आवश्यकताका आधारमा सम्बन्धित सुरक्षा निकाय तथा ट्राफिक प्रहरीले आवश्यक समन्वय गर्ने जनाएको छ।
यो व्यवस्था भोलि भदौ २९ गतेदेखि लागू हुनेछ ।
जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई तोकिएको समय र मार्गको पालना गरी सुरक्षित तथा व्यवस्थित सवारी आवागमनमा सहयोग गर्न अनुरोध गरेको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |