

धादिङ । नेपाली कांग्रेस धादिङले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
बिहिवार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्यसँगको परामर्शमा अधिवेशनको कार्यतालिका तय गरेको हो।
कार्यतालिकाअनुसार धादिङका सबै वडामा असोज ५ गते वडा अधिवेशन हुने भएको छ।
त्यसैगरी असोज ७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरिएको छ।
यस्तै, असोज १० गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमल्सिनाले जानकारी दिनुभयो।
पार्टीको केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको १५औँ महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिकाअनुसार धादिङमा पनि विभिन्न तहका अधिवेशन क्रमशः सम्पन्न गर्ने तयारी गरिएको हो।
अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइने कांग्रेस धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |