

धादिङ। बेनीघाट रोराङ गाउँपालिका-२ स्थित खानीखोलामा आएको बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेर अन्दाजी ५५ वर्षीया महिला सुकुमाया चेपाङको मृत्यु भएको हो।
उनलाई स्थानीयको सहयोगमा उद्धार गरी थप उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
लगातारको वर्षाका कारण स्थानीय खोलाहरूमा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |