

धादिङ- भदौ १० गतेको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वीराजमार्गबीचको नियमित यातायात प्रभावित हुँदै आएको छ।
पुल नहुँदा सदरमुकामबाट राजमार्ग पुग्न र राजमार्गबाट धादिङबेसी आउन यात्रुहरूले विभिन्न वैकल्पिक सडक प्रयोग गर्दै आएका छन्।
यसैबीच, पुरानो मलेखु हुँदै फिसटार-परेवाटार दोभानको झोलुङ्गे पुल जोड्ने सडक दुईपाङ्ग्रे सवारीसाधनका लागि सहज बनाइएको छ।
साँघुरो र असहज बाटोका कारण मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्न समस्या भएपछि सिद्धलेक गाउँपालिका-६ को वडा कार्यालयले मेसिन प्रयोग गरी सडक स्तरोन्नति गरेको हो।
बाढीपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको बेनीघाट रोराङ-३ मलेखु र सिद्धलेक-६ जोड्ने मलेखुको झोलुङ्गे पुलसम्मको बाटो फराकिलो बनाउने काम पूरा भई सञ्चालनमा ल्याईएको सिद्धलेक गाउँपालिका-६ का वडा अध्यक्ष सुरेन्द्र मगरले बागमती कलमलाई जानकारी दिनुभयो ।
अब पैदलयात्रीसँगै मोटरसाइकल र स्कुटरमा यात्रा गर्नेहरूले पुरानो मलेखु हुँदै परेवाटार दोभानको झोलुङ्गे पुल पार गरेर धादिङबेसी आउजाउ गर्न सक्नेछन्।
रोचक कुरा के छ भने, मलेखु दोभानबाट फिसटार हुँदै जाने यो सडक कुनै समय धादिङ सदरमुकाम आवतजावत गर्ने मुख्य मार्ग थियो।
२०५६ सालमा फुर्केखोलामा मोटर गुड्ने पक्की पुल बनेपछि भने यो पुरानो सडकको प्रयोग क्रमशः घट्दै गएको थियो।
त्यसअघि त्रिशूली नदी पार गर्न फेरीमार्फत सवारीसाधन वारिपारि तारेर यात्रा गरिन्थ्यो। अहिले भने फुर्केखोलाको पुल बाढीले बगाएपछि पुरानो बाटो फेरि वैकल्पिक यात्रामार्गका रूपमा प्रयोगमा आएको छ।
पुलको अभावले विद्यार्थी, किसान, कर्मचारीदेखि सर्वसाधारणसम्म प्रभावित भइरहेका बेला पुरानो मलेखु-परेवाटार सडक स्तरोन्नति भएपछि कम्तीमा मोटरसाइकल र स्कुटर यात्रुका लागि केही सहजता थपिएको छ।
यसअघि सदरमुकामबाट राजमार्ग निस्कन सिद्धलेक-६ खरमटारको झोलुङ्गे पुल पनि प्रयोग हुँदै आएको थियो। तर पुल जीर्ण तथा जोखिमपूर्ण बनेपछि त्यहाँबाट मोटरसाइकल तथा स्कुटर चलाउन रोक लगाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |