

धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन भोलि सोमबार हुने भएको छ ।
महाधिवेशन प्रक्रिया अन्तर्गत तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्दै धादिङ कांग्रेसले क्षेत्रीय तहको अधिवेशनको मिति तय गरेको हो ।
असोज १२ गते दिउँसो १ बजेबाट सुरु हुने खुल्ला सत्रको तयारी तिब्र पारेको छ ।
सदरमुकाम धादिङबेसीस्थित निलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय अगाडि रहेको कभर्ड हलमा दिउँसो १ बजे खुल्ला सत्रको उद्घाटन हुने कांग्रेस धादिङले जनाएको छ।
अधिवेशनले नयाँ क्षेत्रीय नेतृत्व चयनका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको चयन गर्नेछ ।
वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि छनोट भइसकेकोले जिल्लाको सबै पालिका अधिवेशन नसकिएपनि क्षेत्रिय अधिवेशन गर्न लागिएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।
जिल्लाको १३ पालिका मध्ये क्षेत्र नम्बर १ को गजुरी, गल्छी र धुनिवेसी तथा क्षेत्र नम्बर २ को खनियाबास र निलकण्ठको पालिका अधिवेशन स्थगित छ ।
हालसम्म ८ वटा पालिकाको नेतृत्व चयन गरेको छ ।
जस्मा सिद्दलेकमा भीम भट्ट, बेनिघाट रोराङमा विनोद भट्टराई, गंगाजमुनामा भरत ढकाल, त्रिपुरासुन्दरीमा देवी कुमारी बुर्लाकोटी पाण्डे, थाक्रेमा सादुराम थापा, नेत्रावती डबजोङमा टेकजङ लामा र रूवी भ्याली गाउँपालिकाको सभापतिमा डेभिड तामाङ सर्वसम्मत चयन हुनुभएको छ।
यस्तै ज्वालामुखीमा भने मतदान मार्फत सभापतिमा राजु लोप्पा बिजयी हुनुभएको छ।
सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि आइतबार भएको निर्वाचनमा लोप्पाले १४२ मत प्राप्त गर्दै सभापति पदमा विजयी हुनुभएको हो।
उहाँको प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गर्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |