

धादिङ । धादिङबेशी जोड्ने वैकल्पिक सडक परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडक शनिबार बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडकको मर्मतसम्भार गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ।
प्रशासनका अनुसार असोज १७ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त वैकल्पिक मार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइनेछ।
यस समयमा प्रशासनले धादिङबेसी–सुनौला बजार–भोर्ले–फोस्रेटार–कल्लेरीटार लगायत अन्य वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न अनुरोध गरेको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि यस सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |