

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रहेको हामी सबैको कृषि तथा बहुद्देश्यीय सहकारी सस्था लि.को अध्यक्षमा सुरेशकुमार श्रेष्ठ चयन हुनुभएको छ।
संस्थाको छौटाे साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न समिति गठन गर्दै संस्थाको आगामी कार्यदिशा र जिम्मेवारी निर्धारण गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा जनक श्रेष्ठ, सचिवमा जगदिश रेग्मी र कोषाध्यक्षमा पवन श्रेष्ठ चयन हुनुभएको छ।
यस्तै सदस्यहरूमा रामकिशोर श्रेष्ठ, सुरेश श्रेष्ठ, कल्पना सिटौला, कृष्णकुमार श्रेष्ठ र हिरालाल तिमिल्सिना चयन हुनुभएको छ।
लेखा समितिको संयोजकमा राजेन्द्र रेग्मी तथा सदस्यहरूमा राजाराम सिटौला र महेश सिंखडा चयन चयन हुनुभएको छ। कर्जा समितिको संयोजकमा रामकिशोर श्रेष्ठ तथा सदस्यहरूमा पवन श्रेष्ठ र महेश श्रेष्ठ चयन हुनुभएको छ।
यसैगरी कृषि समितिको संयोजकमा कल्पना सिटौला तथा सदस्यहरूमा शुक्रबहादुर कुमाल र गणेशकुमार श्रेष्ठ चयन हुनुभएको छ।
संस्थालाई आवश्यक सल्लाह तथा मार्गदर्शन प्रदान गर्न थानप्रसाद बसौला, रामकृष्ण श्रेष्ठ र नीरबहादुर ठाकुरीलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ।
संस्थाको समग्र नीति, रणनीति, अनुगमन तथा आवश्यक निर्देशनका लागि गठन गरिएको उच्चस्तरीय समितिको संयोजकमा सुरेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरूमा राजेन्द्र रेग्मी र सन्दीप कार्की रहनुभएको छ।
अधिवेशनका क्रममा संस्थाको विकास, व्यवस्थापन, सामाजिक योगदान तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो। साथै, स्थानीय किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले बीउ तथा कृषि सामग्रीका प्याकेट वितरण गरिएको थियो।
अधिवेशनले आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सदस्य, किसान तथा स्थानीय समुदायको आर्थिक र सामाजिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |