

धादिङ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ र गोरखाको आरुघाट गाउँपालिका-९ जोड्ने पक्की पुल बगाएपछि धादिङ र गोरखाबीचको सडक सम्पर्क विच्छेद भएको छ ।
पुल बगाएसँगै धादिङमा खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेको छ ।
यसअघि भदौ १० गते आएको बाढीले फुर्केखोलाको पुल बगाएपछि मालवाहक सवारीसाधनले आरुघाटको पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका थिए ।
तर, उक्त पुलसमेत बगाएपछि धादिङमा अत्यावश्यक सामग्रीको ढुवानी थप चुनौतीपूर्ण बनेको छ ।
यद्यपि, जिल्लामा तत्काल खाद्यान्न तथा इन्धनको अभाव नहुने धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले बताउनुभएको छ ।
उहाँका अनुसार जिल्लामा करिब एक महिनालाई पुग्ने खाद्यान्न र एक सातालाई पुग्ने ग्यास मौज्दात छ । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनसमेत पहल भइरहेको बताउनुभयो।
‘उहाँले भन्नुभयो, ‘जिल्लामा करिब एक महिनालाई पुग्ने खाद्यान्न र एक सातालाई पुग्ने ग्यास मौज्दात छ । पेट्रोलियम पदार्थ ल्याउने वातावरण बनाउँदै छौँ,खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थको अभाव हुन दिँदैनौँ।’
बाढीबाट प्रभावित परिवारको तत्कालीन व्यवस्थापन गरिएको भए पनि दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनका लागि अध्ययन तथा छलफल गरी आवश्यक कदम चालिने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो।
धादिङलाई सडक सञ्जालसँग जोडिराख्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको उहाँको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |