

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५ गलौँदीमा आज राति सडक बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो।
त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा यसअघि भित्तो काटेर सञ्चालनमा ल्याइएको थियो।
त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमन पूर्णरूपमा बन्द गर्न लागेको प्रशासनले जनाएको छ।
अहिले दशैँको समय पनि भएकोले पृथ्वी राजमार्गमा गाडीको चाप अत्यधिक छ।
यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकोले अहिले नै मर्मत गर्न लागेको सडक विभागले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |