

धादिङ,२४ कात्तिक ।
धादिङमा राजनीतिक दलले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तीव्र पारेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकिकृत समाजबादी सहितको गठबन्धन र नेकपा एमाले,राप्रपा, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रचारप्रसारलाई तीव्रता दिँदै उम्मेदवार, नेता तथा कार्यकर्ता मतदाताको घरदैलोमा पुगेर आ–आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् ।जसमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको छ ।
धादिङ क्षेत्र नं १ मा नेकपा एमाले, सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।
यस्तै धादिङ क्षेत्र नं २ मा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिचको गठबन्धन,सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजबादीको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।
जिल्लाको क्षेत्र नं १ प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट एकिकृत समाजबादी र क्षेत्र नं २ प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसले उम्मेदवारी दिएको छ । त्यस्तै दुई प्रदेश सभामा माओवादी र दुई प्रदेश सभामा काँग्रेसल उम्मेदवारी दिएको छ ।
क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा एमालेका भुमि त्रिपाठी,एकिकृत समाजबादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा एमालेका रमेश कुमार आचार्य,स्वतन्त्र उम्मेदवार नेत्रराज पौडेल र कांग्रेसका मधुकुमार श्रेष्ठ, प्रदेश सभा (ख) मा एमालेका गजेन्द्र थपलिया र माओवादी केन्द्रका शालिकराम जम्मकटेल चुनावी मैदानमा छन् ।
यसैगरी क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका खेम लोहनी, नेपाली काँग्रेसका रामनाथ अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीकी बशुमाया तामाङबिच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा राप्रपाका डम्बर तामाङ, र माओवादी केन्द्रका जगत सिंखडा, प्रदेश सभा (ख) मा एमालेका डा.रामकुमार अधिकारी र काँग्रेसका गोविन्द लम्साल चुनावी मैदानमा छन् ।
सबै उम्मेदवारले समग्रमा गाउँको विकास गरी जनतालाई सुख सुविधा पु¥याउने छु भन्नेनै उद्योष रहेको छ । प्रमुखरूपमा स्वास्थ्य, शिक्षालाई आधुनिकीकरण, रोजगारजस्ता विविध कामको कार्यान्वयन गर्ने उम्मेदवारले घोषणा गर्दै आएका छन् ।
खुलारूपको आमसभाभन्दा घरदैलो कार्यक्रममार्फत गाउँटोलको प्रत्येक घरघरमा पुगी भेटघाटको माध्यमबाट हात जोड्दा मतदाता र उम्मेदवार दुवैको मन प्रफुल्लित हुँदै गएको दलका नेताले बताएका छन् ।
धादिङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन्। भेटघाट र घरदैलोमा पुगेका उमेदवार जित आफ्नै पक्षमा हुने दाबी गर्दै आफले जिल्लाको बिकास गरि समृद्धिको बाटोमा लैजाने बताउँछन्।
धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् । जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । मतदाता संख्याको आधारमा ११४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र कायम गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |