

धादिङ,०८ मंसिर ।
धादिङको क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डम्बर तामाङ बिजयी भएका छन् ।
तामाङले १३१ को झिनो मतान्तरले विजयी भएका हुन् । धादिङ क्षेत्र नम्बर २ को प्रदेश सभा ख मा कुल ६२ हजार ९४१ मतदाता रहेकोमा २९ हजार ६७९ मत खसेको थियो । बिजयी तामाङले १४ हजार ४८१ प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३५० प्राप्त गरे । यसैगरी सन्तोष कुमार तामाङ (भाले) ४२४, सेतेमान घले (करुवा) २८५,इमान तामाङ (छाता) २४३,सुन्दर तामाङ(स्वतन्त्र) ९८,मान बहादुर तामाङ (स्वतन्त्र) ९०, देवी कुमारी बुर्लाकोटी (स्वतन्त्र) ८०, शिवराम किजु (मादल) ६५, रामकृष्ण बसौला (स्वतन्त्र) ३२ मत प्राप्त गरे ।
धादिङको यस क्षेत्रमा राप्रपा र एमालेले चुनावी तालमेल थियो भने सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो । राप्रपाका तामाङ यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा उनै सिंखडासँग झिनो मतले पराजित भएका थिए । आफु निर्वाचित भएपछि तामाङले जनताका लागि विकासका काममा सबैसंग साझेदारी गरेर अघि बढ्ने बताएका छन् ।
को हुन् डम्बर तामाङ ?
उत्तरी धादिङको तत्कालिन सेर्तुङ गाविसको बोराङ (हाल रुबीभ्याली गाउँपालिका वडा नम्बर ४) मा दर्जङ तामाङ र आमा उर्पामायाँ तामाङका कान्छो सन्तानको रुपमा जन्मिएका ४६ वर्षीय डम्बर तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हुन् ।
राप्रपा गठन भएपछि राप्रपाका केन्द्रीय प्रभावशाली नेता बुद्धिमान तामाङको सहयोगि, ०६९ मा राप्रपाको जिल्ला समिति सदस्य हुँदै डम्बर तामाङ राप्रपाको केन्द्रीय नेतृत्वमा पुगेका थिए ।
यसअघि २०७४ को प्रदेशसभा सदस्यका प्रत्यासी तामाङ १५ हजार ७ सय ७५ मत ल्याएर झिनो मतले पराजित भएका थिए । बैदेशिक बसाइबाट गाउँमै आएर सामाजिक तथा आर्थिक विकासका लागि क्रियाशिल भएका थिए ।
धेरैले जनतालाई विकासको सपना देखाएर अहिलेसम्म योजनावद्ध काम गर्न नसकेकोको अवस्थामा विकट उत्तरी धादिङको लापा र तिप्लिङसम्म पक्की रोड ल्याउने उनको प्रतिवद्धता छ ।
गाउँमा ल्याइने सडकबाट सामान गाउँमा मात्र ल्याउनेनभइ गाउँमा उत्पादन बढाएर बाहिर पठाउनेसमेत योजना ल्उने योजना लिएर गाउँगाउँ मतदाताको घरमा पुग्नु भएका तामाङविकास, रोजगार, शिक्षापर्यटनको विकासमा काम गर्ने लक्ष्य लिएका छन् ।
एक पालिका एक प्राविधिक शिक्षालय, शिक्षकको विषयत दरबन्दी, स्वास्थ्य क्षेत्रका विकासर ग्रामीण अस्पतालको विकास गर्ने योजना तामाङसंग छ । उत्तरीका क्षेत्रमा आफु, जौ, कोदो, जडिबुटी खेती गरेर उत्पादन र आर्थिक विकासका एकिकृति कार्यक्रम ल्याइने उनको भनाइ छ ।
नेपालकौ गौरबकोरुपमा रहेको जस्ताखानी रुबीभ्यालीमा रहेकोलेयसको संचालन गरिरोजगारी सिर्जना गराउने महत्वकांक्षी योजना समेत तामाङसंग छ ।
राष्ट्रिय गौरबको बुढी गण्डकी जलविद्युत परियोजना, मध्यपहाडी पुष्पलाल राजमार्ग, सडक पुल, रुबीभ्याली एकिकृत विकास कार्यक्रम, गणेश हिमाल राष्ट्रिय निकुञ्ज, गरीवि निवारणका कार्यक्रम, सामाजिक सुरक्षाका कार्यक्रम, भूमि व्यवस्थापनका कार्यक्रम, एक घर एक धारा, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र विकास, सामाजिक र आर्थिक विकासमा विशेष टेवा, कृषिलाई आधुनिकिीकरण र व्यवसायिकीकरण जस्ता योजनाहरु सहितको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरि सर्वसाधारणसामु पुगेका राप्रपाका तामाङ धादिङ क्षेत्र नम्बर २ (२) बाट बागमती प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |