

धादिङ,०८ मंसिर ।
धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभा र दुई प्रदेश सभा लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ । प्रतिनिधि सभा सदस्यमा नेकपा एसका राजेन्द्र पाण्डे तथा प्रदेश सभामा क मा मधुकुमार श्रेष्ठ र ख मा माओवादी केन्द्रका शालिकराम जम्मकटेल विजयी भएका हुन् ।
राजेन्द्र पाण्डेले एमालेका भुमि त्रिपाठीलाई ७ हजार ९८१ मत अन्तरले हराए। पाण्डेको ३५ हजार ९३४ मत आउँदा त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।
यसैगरी प्रदेश सभा (क) मा काँग्रेसका श्रेष्ठले एमालेका रमेश आचार्यलाई पराजित गरे । श्रेष्ठले १७ हजार ८३२ मत ल्याउँदा आचार्यले १६ हजार ५३८ मत पाए ।
प्रदेश सभा (ख) बाट माओवादीका जम्मकटेल निर्वाचित भएका छन् । उनले एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२७ मत अन्तरले हराएका हुन् । जम्मकटेलको १९ हजार ९०३ मत आउँदा थपलियाको १२ हजार ४७६ मत आएको छ ।
धादिङको यस क्षेत्रमा प्रतिनिधि तर्फ एमाले राप्रपाको तालमेल थियो भने प्रदेशमा एमाले एक्लै चुनावी मैदानमा थियो । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि र प्रदेशमा नै नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |