

धादिङ,०९ मंसिर ।
त्रिपुरासुन्दरी (न्वागी) माई मेलाको उपलक्ष्यमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले मंसिर ११ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँकार्यपालिकाको बुधबार बसेको बैठकले मंसिर ११ गते पर्ने धादिङ जिल्लाकै प्रसिद्ध त्रिपुरासुन्दरी (न्वागी) माई मेलाको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त दिन गाउँपालिका भित्रका सरकारी संघ संस्था, शिक्षण संस्था, वैङ्क तथ वित्तिय संस्थाहरुमा सार्वजानिक विदा दिने जनाएको छ ।
धादिङको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको त्रिपुरासुन्दरी माई मन्दिरमा हरेक वर्ष लाग्ने मेला लाग्ने गरेको छ ।जिल्ला सदरमुकाम धादिङवेशीबाट करिब ४० किलोमिटर उत्तरतर्फ पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ र ६ मा रहेको त्रिपुरासुन्दरी मन्दिरमा हरेक वर्ष मनाइने न्वागी मेलालाई माइस्थान जात्राको रुपमा समेत चिनिन्छ।
नेपालका शक्तिपीठहरु मध्ये त्रिपुरासुन्दरी माई पनि एक भएको हुँदा भक्तजनहरुले आफ्नो इच्छा (भाकल) पुरा गर्नको लागि मेलामा सहभागिता जनाउने तथा माईको दर्शन गर्ने गरेका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |