Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

२१ घण्टा अघि
२

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
३

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
४

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
७

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
८

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

४ दिन अघि
९

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

४ दिन अघि
१०

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

४ दिन अघि
११

देशभर मनसुन वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको चेतावनी

४ दिन अघि
१२

आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ शुरु,थप करको व्यवस्था लागू हुँदै

४ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ महिना अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
९

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
१०

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
११

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि

धादिङमा साउनयता २२ जनाले गरे आत्महत्या : बढी आत्महत्याको प्रयास गर्ने महिला तर मर्ने पुरुष

  • अनिल अछामी
  • ८११ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ मंसिर १५, बिहिबार (३ साल अघि)
धादिङमा साउनयता २२ जनाले गरे आत्महत्या : बढी आत्महत्याको प्रयास गर्ने महिला तर मर्ने पुरुष

धादिङ,१५ मंसिर ।
धादिङमा चालु आर्थिक बर्ष २०७९/०८० को साउनयता २२ जनाले गरे आत्महत्या गरेका छन् । साउन देखी हालसम्मको अवधिमा २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । जिल्लामा सबैभन्दा धेरै घटना आत्महत्या रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता(डिएसपी) श्याम बहादुर खत्रीले जानकारी दिनुभयो।

आर्थिक बर्ष ०७७०७८ मा भन्दा आर्थिक बर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्या घटेको छ । आर्थिक बर्ष ०७७/०७८ मा जिल्लामा १४२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । तर आर्थिक बर्ष ०७८/०७९ मा त्यो संख्या घटेको ९७ मा झरेको थियो । चालु आवको ५ महिनामा २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गतवर्ष ५४ जनापुरुष र ४३ जना महिला गरी ९७ जनाले आत्महत्या गरेका थिए । सबैभन्दा बढी झुण्डिएर ७५ जना , विष सेवन गरेर १९, हामफालेर २ जना र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेको धादिङ प्रहरीले जनाएको छ ।

कोभिडको समयमा महिनामा धादिङ जिल्लामा औषतमा १२ जनाले आत्महत्या गरेको देखिन्छ । आत्महत्याको प्रयास गर्नेमा महिला बढी भएपनि मर्नेमा भने बढी पुरुषको तथ्यांक रहेको छ ।

विगत तिन वर्षको तथ्याङ्क हेर्दा
विगत तिनवर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या ३ सय ३५ रहेको छ।आर्थिक वर्ष ०७६/०७७मा ९६, आर्थिक वर्ष ०७७/०७८ मा १४२ जनाले आत्महत्या गरे ।

प्रहरीको तथ्याङ्कअनुसार गत तिन वर्षमा झुण्डिएर दुई सय ५५, विष सेवन गरेर ७४, हाम फालेर ४ र घाँटी रेटेर २ जना गरी ३३५ जनाले आत्महत्या गरेका छन् । जसमा महिला १३७ र पुरुष १९८ रहेका छन्। आर्थिक बर्ष ०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष ०७८/०७९ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ ।

०७६/०७७ मा झुण्डिएर ७१, विष सेवन गरेर २३, हाम फालेर १ र घाँटी रेटेर १ जनाले आत्महत्या गरेका छन् । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा झुण्डिएर १०९, विष सेवन गरेर ३२, हामफालेर १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

कुन उमेर समुहका बढि ?
प्रहरीको तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा सबैभन्दा बढि २५ देखी ४५ बर्ष उमेर समुहका रहेका छन् । बितेको ३ बर्षको तथ्याङ्कलाई १८ बर्षभन्दामूनिका २२ जना, १८ देखी २४ बर्ष सम्मका ६६ जना, २५ देखी ४५ बर्ष सम्मका १४८ जना र ४५ बर्षभन्दा माथिका ९९ जनाले आत्महत्या गरेका छन् ।

यसमध्ये गत आर्थिक बर्ष भने सबैभन्दा बढि ४५ बर्षभन्दा माथिका ४० जनाले आत्महत्या गरेका छन् । ३ बर्षमा ब्राम्हण समुदायका ४९, क्षेत्री ४५, बैश्य १६५ र शुद्र समुदायका ७३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नुको कारण
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार आत्महत्या गर्नुको प्रमुख कारण पारिवारिक कलह, डिप्रेशन, मानसिक तनाव र प्रेममा धोका पाउनु रहेको छ । गत आर्थिक बर्ष २०७८/७९ मा पारिवारिक कलहका कारण ३, डिप्रेशनबाट ३, मानसिक तनावका कारण ५६ र प्रेममा धोकाका कारण ६ जनाले आत्महत्या गरे ।

बिगतको ३ बर्षको तथ्याङ्कलाई हेर्दा पारिवारिक कलहका कारण १५, डिप्रेशनबाट ६१, मानसिक तनावका कारण १४३ र प्रेममाधोकाका कारण १६ जनाले आत्महत्या गरको देखिन्छ। यीमध्ये पेशाका आधारमा ज्यामी मजदुरी गर्ने ९५ जना, बेरोजगारी ४, बिद्यार्थी २६ जना, कर्मचारी ५, कृषी १८४ र गृहिणी २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

किन गर्छन मानिसले आत्महत्या ?
प्रियजन गुमाउदा, जागीर गुम्दा, दिर्घ रोग लाग्दा, व्यापार विग्रदा, जीवनमा अकल्पनीय परिवर्तन हुदा, आघात यातनावा हिंसा र सामाजिक बहिस्कृतको कारणले मानिसहरु आत्महत्या गर्ने समेतको निर्णय लिने गरेका सुरक्षितआ प्रवासन सामी परियोजनाका मनोविमर्शकर्ता रामकुमार थापाको भनाई छ ।

पछिल्लो समय बैदेशिक रोजगारको कारण पनि आत्महत्या बढ्नुको कारण बनिरहेको थापाले बताउनुभयो । आत्महत्या गर्ने धेरै जनाले भावनात्मक पिडा सहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको भन्दै उहाँले आत्महत्यागर्ने जोखिम भएकाहरुलाई तत्काल उपचारमा लानुपर्ने थापाको भनाई छ ।

आत्महत्या गर्न चाहने व्यक्तिले बाँच्नुमा भन्दा मर्नुमा फाईदा देखेको कारणले आत्महत्या गर्ने निर्णय गर्ने गरेको भन्दै उहाँले त्यस्ता व्यक्तिलाई मायाँ, हौसला, सहयोग गर्नुपर्ने बताउनुभयो ।

कसरी पहिचाहन गर्ने ?
आत्महत्या गर्ने नब्बे प्रतिशतभन्दा बढीले योजना बनाएर आत्महत्या गर्ने गरेको तथ्याङकले देखाएको छ । बाँकि १० प्रतिशतले मात्र एकछिन रिस खप्न नसकेर वा आवेगमा आएर मर्ने गरेका छन् । मर्ने मानिसले आफ्नो परिवार तथा साथिभाईहरुलाई कुनै न कुनै माध्यमबाट अभिव्यक्त गरेका हुन्छन् ।

साथै व्यावहारीक समस्या समेत देखीने गर्छ । जस्तै एक्लै बस्ने,दिक्क मान्ने, विरक्त मान्ने, रमाईलोमा नजाने, कोठाभित्र बसीरहने, मर्ने कुरा गर्ने वात्यस्तै विचारहरु सामाजिक सञ्जालमा पोष्ट गर्ने, जिन्दगीनै के रहेछ र भन्ने, आफुसँग भएको बहुमुल्य बस्तुहरु अरुलाई दिनथाल्यो, कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । मेरो कोही छैन, म के को लागिबाच्ने भन्ने शव्दहरु व्यक्तगर्ने गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • IMG_20260720_123912

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

  • prithivi-highway

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

  • समाचार
  • १

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    २१ घण्टा अघि

  • २

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ३

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ४

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ५

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ६

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ७

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • ८

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ४ दिन अघि

  • ९

    सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने
    ४ दिन अघि

  • १०

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution