

धादिङ,१७ मंसिर ।
सदरमुकाम धादिङबेशीमा पौष ७ गते देखि आठौं धादिङ महोत्सव २०७९ हुने भएको छ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषी, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग बाणिज्य संघले आगामी पौष ७ देखि १७ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्देश्य, मुख्य आर्कषणहरु, महोत्सवका विभिन्न स्टलहरु तथा महोत्सवको अपेक्षित उपलब्धिका बारेमा जानकारी गराईएको थियो ।
जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याँउँदै विभिन्न जातजाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघले जनाएको छ ।
महोत्सवमा स्थानीय उत्पादन र कृर्षि उपजलाई प्राथमिकतामा राख्दै मेलामा उद्योग, व्यापार, कृषि र पर्यटनसंग सम्बन्धित स्टल राखिने आयोजकले जनाएको छ।
करिब ३ लाखबढि अवलोकनकर्ता सहभागी गराउने लक्ष्य राखिएको महोत्सवमा विभिन्न १२० स्टलहरु रहने संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो । मुख्य प्रायोजक भने हिमालयन बु्रअरी (कमाण्डो वियर) रहेको छ । महोत्सवका लागि आवश्यक बिभिन्न २३ समितिहरू तयार गरिएको छ ।
२०४८ सालमा स्थापना भएको धादिङ उद्योग वाणिज्य संघले जिल्लाको सामाजिक तथा आर्थिक विकास निर्माणका क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।
जिल्लाको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पु–याउने तथा जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी गरी प्रचार प्रसार एवं प्रवद्र्घन गर्ने उद्येश्यले प्रथम धादिङ महोत्सव २०६४ तथा धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१, पांचौ धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०७५, सातौं धादिङ महोत्सव २०७६ सम्पन्न गरिसकेको छ।
जसको कारण जिल्लामा उत्पादित कच्चा पदार्थको विक्री तथा प्रवद्र्घनमा वृद्धि भएको छ, भने राफ्टिङ, ट्रेकिङ र साईक्लिङ गर्ने पर्यटकमा पनि वृद्घि हुनुका साथै होमस्टेहरु समेत संचालन आएका छन् । बीचको अवधिमा कोभिड महामारीका कारण मेला महोत्सव रोकिएको थियो ।
महोत्सवको उद्देश्यः
जिल्लालाई औद्योगिक, ब्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा बिकसित गर्ने
स्थानीय स्तरबाट उत्पादित बस्तुहरुको बजारीकरण र गुणात्मक प्रतिस्पर्धाको बिकास गर्ने
घरेलु उद्योगको प्रवद्र्धनमा टेवा पुर्याउने ।
घरेलु उत्पादन र कृषिलाई ब्यावसायिक र आधुनिकिकरण तर्फ उन्मुख गराउने ।
निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु््र्याउने।
यस जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरुको बिकास र बिस्तारमा टेवा पुर्याउने
स्थानीय बजारको बिकास बिस्तार एवं बिशिष्टिकरण तर्फ उन्मुख गराउने ।
उत्पादक र उपभोक्ता वीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध बिस्तार गराउने ।
आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने ।
स्थानिय कला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने ।
बिभिन्न जातजाती बीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिबृद्धि गर्ने
लगानीका अवसरहरुको सृजना गर्ने ।
बहुप्रतिक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउन सकारात्मक दवाव सिर्जना गर्ने
महोत्सवकोे मुख्य आर्कषणहरु :
स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
कृषि प्रदर्शनी
साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
विविध साँस्कृतिक प्रदर्शनी
पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री
जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी
इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचना प्रविधी सम्बन्धी जानकारी
अटो मोवाईल्सको प्रदर्शनी तथा विक्रीवितरण
रमाईलो मेला/वालउद्यान
महोत्सवका विभिन्न स्टलहरु :
महोत्सवमा विभिन्न १२० स्टलहरु रहनेछन् ।
१. कृषि उत्पादन स्टल
२. डेरी स्टल
३. इलेक्ट्रोनिक्स स्टल÷सुचनाप्रविधी
४. विभिन्न औद्योगिक तथा व्यापारिक सामाग्रीको प्रदर्शनी एवं विक्रि कक्ष
५. पर्यटन सूचना केन्द्र
६. प्राथमिक उपचार केन्द्र
७. सेवा मुलक संस्थाका प्रदर्शनी कक्ष
८. जडिवुटी प्रदर्शनी एवं विक्रीकक्ष
९. स्थानीय घरेलु तथा हस्तकला उत्पादनको प्रदर्शनी एवं विक्रि कक्ष
१०. अटो कम्पनीका सोरुम
११. खाना तथा नास्ताका स्टल
१२. वैंक तथा वित्तिय संस्था
१३. संस्कृति/भाषिक/जातियतथा परम्परागत स्टल
१४. स्थानीय तहको उत्पादनको स्टल
महोत्सवको अपेक्षित उपलब्धि :
धादिङ जिल्ला भित्र उत्पादित कृषिजन्य उत्पादन, जडिवुटी उत्पादनकोे प्रचार प्रसार एवं प्रवद्र्घन र व्यवसायीकरण हुने ।
पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार एवं प्रवद्र्घनका कारण जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुमा वृद्घि भई नयाँ रोजगारीको श्रृजना हुनेछ र यस क्षेत्रको समग्र आर्थिक स्थितिमा सुधार आउने ।
यस जिल्लाभित्र विविध भाषाभाषी/जातजाती/साँस्कृतिक तथा परम्पराको प्रचार प्रसार÷प्रस्तुतीको माध्यमवाट जातिय भाषिक तथा साँस्कृतिक एकताको सन्देश दिईने।
३ लाखजना भन्दा वढीले महोत्सव अवलोकन गर्ने।
१० करोड भन्दा वढीको कारोवार हुने ।
वस्तु तथा सेवाको उत्पादन र व्यवसायमा विविधीकरण तथा व्यवसायीकरण गर्न सहयोग पु¥याउने ।
यस जिल्ला भित्रका सेवा तथा वस्तु उत्पादन र व्यवसायको तुलनात्मक लाभको क्षेत्रको पहिचान तथा विकासमा सहयोग पु्ग्ने ।
स्थानिय उत्पादनको राष्ट्रियकरण गर्न सहयोग पुग्ने ।
उत्पादक, प्रशोधक, वितरक र उपभोक्ता वीचको सम्वन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |