

धादिङ,२० मंसिर ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा भोलिदेखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा हुने उक्त प्रतियोगिताको भोलि बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गर्ने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन जिल्लाका बिभिन्न सात टिम सम्पर्कमा रहेको र अझै २–३ टिम बढ्ने गुरुङले बताउनुभयो । प्रतियोगितामा अन्य क्लब तथा संघ संस्था पनि सहभागी हुन पाईने तर खेलाडी भने एउटै पालिकाको हुनु पर्ने अध्यक्ष गुरुङको भनाई छ ।
प्रतियोगिताको टाईसिट आज नै बन्ने भएकोले सबै टिमलाई आयोजकसँग सम्पर्क गर्न र भोलि हुने मार्चपासमा सबै टिमका खेलाडी सहभागी हुन अध्यक्ष गुरुङले आग्रह गर्नुभयो ।
भलिबल खेलको प्रबद्र्धन र विकास गरी जिल्लाका खेलाडीहरु पहिचान गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सहभागि हुन एक टिममा १२ जना, टिम कोच १–१ जना र १ टिम म्यानेजर हुनुपर्ने, खेलाडीको जर्सिमा अगाडी पछाडी अनिवार्य नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।
भोलिदेखि सुरु हुने उक्त प्रतियोगिता चार दिनसम्म चल्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |