

धादिङ,२३ मंसिर ।
धादिङ जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी सिद्धलेक गाउँपालिकाले जितेको छ ।
सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा शुक्रबार भएको फाईनल खेलमा खनियाबास गाउँपालिकालाई ३–१ को सेटमा हराउदै सिद्धलेक गाउँपालिकाले प्रतियोगिताको उपाधी जितेको हो ।
२५–२०, २५–१२, २७–२५ र २५–२० को सेटमा सिद्धलेकले खेल जितेको हो। सेमिफाइनल खेलमा खनियाबास गाउँपालिकाले गंगाजमुना गाउँपालिकालाई र सिद्धलेक गाउँपालिकाले रुवीभ्याली गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।

बिजेता टिम सिद्धलेकलाई नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। त्यस्तै द्धितीय भएको खनियाबासले नगद ५० हजार ५५५ ट्रफि मेडल र प्रमाणपत्र, तृतीय भएको रुवीभ्याली र गंगाजमुना गाउँपालिकाले समान नगद २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाएको छ ।
साथै प्रतियोगिताको उत्कृष्ट स्पाईकर खनियाबासका योहन तामाङ, उत्कृष्ट ब्लकर खनियाबासका मिलन घले, उत्कृष्ट सर्भर सिद्धलेकका रञ्जित थापा, उत्कृष्ट सेटर सिद्धलेकका प्रदिप थापा र सर्वोत्कृष्ट खेलाडी सिद्धलेकका अमन आलेले ट्रफि र प्रमाणपत्र पाएका छन् । विजेता खेलाडीलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले पुरस्कार प्रदान गरेका हुन्।
जिल्ला भलिबल संघ धादिङको आयोजना तथा बिभिन्न पालिका र संघसंस्थाको आयोजनामा भएको प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको थियो ।
भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)को अध्यक्षतामा भएको समापन समारोहमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, खेलकुद विकास समिति अध्यक्ष प्रताप तामाङ, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन भलिबल संघ धादिङका महासचिव विकास कोईरालाले गरेका थिए।
प्रतियोगिताको बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |