

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेर रु एक लाख पाँच सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार आठ सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ ।
किन हुन्छ सुन चाँदीको मूल्य घटबढ ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटबढ हुनुमा अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढाव प्रमुख कारण रहेको बताउनु हन्छ ।
“सुनचाँदीको अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्य र डलरमा हुने घटबढका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य तोकिने गरेको छ”, अध्यक्ष शाक्यले भन्नुभयो । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९७ दशमलव ३५ डलरमा कारोबार भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |