

धादिङ,०३ पौष ।
धादिङ अस्पतालको व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले पदभार ग्रहण गरेका छन् ।
बागमती प्रदेश सरकार प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि बिहिबारदेखी अध्यक्षमा नियुक्त भएका रिजालले आज पदभार ग्रहण गरेका हुन् । अध्यक्षमा पदभार ग्रहण गरेसँगै अध्यक्ष रिजालले बिभिन्न चार बुँदे प्रतिवद्धता गरेका छन् ।
उनले अस्पतालमा ५ बेडको सघन उपचार कक्ष (आसियु) तत्काल सञ्चालन संचालनमा ल्याउने, हाल ५० बेडमा संचालित अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्ने प्रतिवद्धता गरेका छन् । त्यस्तै २०० बेड क्षमताको अस्पतालको मूल भवन तत्काल डीपीआर गरी निर्माण कार्य अगाडी बढाउने र धादिङ अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले नव नियुक्त अध्यक्ष रिजाललाई स्वागत गरेका थिए भने निवर्तमान अध्यक्ष महेन्द्र धमलाई मायाँको चिनो सहित विदाई गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |