

अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ ।
संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका बिमितले विभिन्न कम्पनीमा दाबीका लागि जानकारी गराएर पनि आवश्यक कागजात नबुझाएकालाई आगामी १५ दिनभित्र कागजात बुझाउन यस्तो आग्रह गरेको हो ।
संघले आइतबार सार्वजनिक सूचना जारी गर्दै दाबी भुक्तानीका लागि अझैसम्म पनि आवश्यक कागजात नबुझाएका बिमितलाई आगामी १८ पुससम्ममा आपूmले दाबी गरेका कम्पनीहरूमा सम्पर्क गरी आवश्यक कागजात बुझाउन यस्तो आग्रह गरेको जनाएको छ ।
यसअघि दाबीकर्तालाई बारम्बार ताकेता गर्दासमेत आवश्यक कागजात नबुझाएको भन्दै संघले यस्तो आग्रह गरेको बताएको छ । आगामी १५ दिनभित्र आफूले दाबी गरेका कम्पनीमा सम्पर्क गरी अपुग कागजात बुझाउन यसरी जानकारी गराउँदा समेत नबुझाए उनीहरूको फाइल नै बन्द गरिने सो संघले जनाएको छ ।राजधानी दैनिक





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |