

धादिङ,०५ पुष
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं.२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
मंगलबार बेलहियाबाट काठमाडौंतर्फÞ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र काठमाडौंबाट लमजुङको बेशीतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो एक आपसमा ठोक्किदाँ माइक्रोमा सवार करिब ३० बर्षिय महिलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाईते भएकाहरुको गजुरी अस्पताल र गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमाmउपचार भैरहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |