

धादिङ,०६ पौष ।
गजुरी गाउँपालिक–१ मा रहेको चेपाङ किशोरी छात्रावासका किशोरीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको नेतृत्वमा प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्ट र प्रयास नेपाल धादिङको तर्फबाट प्रति बालिका ३ हजार ५ सय बराबरको न्यानो कपडा सहयोग गरिएको प्रयास नेपाल धादिङका सहजकर्ता सबिना चेपाङले जानकारी दिनुभयो ।
छात्रावासमा बसेर अध्ययन गर्ने ३२ जना चेपाङ किशोरीलाई ज्याकेट, हाइनेकसेट, ट्राउजर, स्कुल सुईटर, जुत्ता, मोजा सहितको सामाग्री सहयोग गरिएको हो । किशोरीहरुलाई गाउँपालिका अध्यक्ष श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष तारा भण्डारी, निबर्तमान उपाध्यक्ष सीता ढुङ्गाना,समाजसेवी शिवनिधि खनाल, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र पत्रकार शिव सिलवाल लगायतले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
गजुरीको हाँगेटारमा अवस्थित चेपाङ किशोरी छात्रावासमा बाबुआमा गुमाएका, दुर्गम भौगोलिक स्थान बसोबास गर्ने ,बिद्यालय टाढा भई माध्यमिक शिक्षा लिनबाट बञ्चित ,अति बिपन्न सिमान्तकृत चेपाङ समुदायका बालिकाहरु मात्रै बसेर पढ्न मिल्ने नियम बनाएर गजुरी गाउँपालिकाले संचालन गर्दै आएको छ ।
उक्त छाबाससमा गजुरी, बेनिघाट रोराङ लगाएतका स्थानको किशोरीहरु रहेका छन् । छात्रावासमा ३६ जना बालिकाहरुको आवासीय रुपमा बस्ने कोठा , पुस्तकालय कक्ष, भान्सा सहित व्यवस्थान गर्ने कार्य स्थानीय गैरसरकारी संस्था प्रयास नेपालले गरेको छ ।
दैनिक खानपिन र अन्य नियमित रुपमा गर्नुपर्ने रेखदेख तथा व्यवस्था गजुरी गाउँपालिकाबाट गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । दैनिक खानपिन व्यवस्थापन र रेखदेखमा सहयोग गर्न गाउँपालिकाको तर्फबाट १ जना चेपाङ समुदायको नै बिवाहित महिलालाई होस्टल वार्डेन रुपमा व्यवस्थापन गरिएको गजुरी–१ का वडाध्यक्ष तारा भण्डारीले बताउनु भयो।
यसैगरी छात्रावासमा रहेका किशोरीहरुको जिवनउपयोगी सीप विकास तथा नेतृत्व विकास गर्ने र सिकाई उपलब्ध बृद्धि गराउन अतिरिक्त कक्षा संचालन गर्ने जस्ता कार्यहरू नियमित रुपमा गरिरहेको पनि वडाध्यक्ष भण्डारीको भनाई छ ।










आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |