

धादिङ,१५ पौष ।
धादिङबेसीमा जिल्ला सहकारी बजार संचालनमा आएको छ । कृषि ज्ञान केन्द्र र सहकारी संघ धादिङको समन्वयमा नीलकण्ठ–३ धादिङबेसीस्थित प्रहरीचोकमा जिल्ला स्तरीय सहकारी बजार संचालनमा आएको हो ।
विहिबार एक कार्यक्रमका बिच सहकारी संघका केन्द्रिय अध्यक्ष मीनराज कँडेलले उक्त सहकारी बजारको उद्घाटन गर्नुभएको हो । सहकारी बजार विकास कार्यक्रम सिएमडिपीको ७० लाख ८५ हजार लागतमा संरचना निर्माण तथा मर्मत गरी जिल्ला सहकारी बजार संचालनमा आएको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेंलले सहकारी बजार संचालन गर्नु मात्रै ठुलो कुरा नभई यसलाई निरन्तरता दिनु महत्वपुर्ण रहेको बताउनुभयो ।
सहकारी बजारबाट धादिङको १३ वटै स्थानिय तहमा उत्पादन भएका फलफूल, तरकारी र दूधजन्य वस्तुको बिक्रि गरिनुको साथै अन्य ठाउँमा पनि बजारिकरणको लागि सहजीकरण गर्ने योजना रहेको धादिङ जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यले बताउनुभयो ।
उहाँले जिल्लाभरका किसानहरुले उत्पदान गरेका कृषिउपज विक्रि गर्दा किसानले उचित मुल्य पाउने र उपभोक्ताले सुलभ मुल्यमा खरिद गर्न सकिने भएकोले बजार संचालन गरिएको बताउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |