

धादिङ,१८ पुष ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका किसानहरुको लागि कृषि तथा पशुपालन सम्बन्धी तालिम संचालन गरिएको छ ।
हामी सबैको कृषि तथा बहुउद्देश्य सहकारी संस्था र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ को संयुक्त आयोजनामा दुई दिने व्यवसायिक कृषि तथा पशुपंक्षी पालन सम्बन्धी तालिम संचालन गरिएको हो ।
तालिममा आइतबार र सोमबार संचालन भएको तालिममा गाउँपालिकाभित्रका कृषि पेशा र पशुपालन गर्दै आएका १२५ कृषकहरु सहभागी थिए । पालिकाभित्रका कृषि र पशुपालनलाई व्यवसायिक बनाउन सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा प्रशिक्षक कृष्ण प्रसाद भटट्राईले सहजिकरण गर्नुभएको थियो ।
यसैगरी धादिङकै कर्णेश्वर प्राविधिक विद्यालय र त्रिपुरासुन्दरी गाउँपालिकाको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा भैंसी, बाख्रा, बंगुर, कुखुराको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको त्रिपुरासुन्दरीबाट सुरेन श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा नेपाल पशु स्वास्थ्य प्राधिकरण संघले औषधि सहयोग गरेको थियोे ।
सहकारीका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्ष्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नं २ का वडाध्यक्ष कृष्ण खत्रि, वडा नं ३ का वडाध्यक्ष कमल थापा, कर्णेश्वर प्राविधिक विद्यालयका प्रअ विष्णुहरी अधिकारी, नेपाल पशु स्वास्थ्य प्राधिकरण संघका अध्यक्ष सन्दिप कार्कीको आतिथ्यता रहेको थियो ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |