

धादिङ,१९ पुष ।
धादिङ समाज जापानको छैटौं अधिवेशन जनवरि २९ मा हुने भएको छ ।
जापानका विभिन्न शहरहरुमा बसोबास गर्ने धादिङ्गेलीहरुको साझा संस्था धादिङ समाज जापानको अधिवेशन आगामी जनवरि २९ तारिखमा जापानको सिनोकुबोस्थित नेवा डाईनिङगमा हुने धादिङ समाज जापानका महासचिव बिमल श्रेष्ठले जानकारी दिनुभयो ।
जापानमा रहेका समग्र धादिङेलीहरुको हकहित र समस्याहरुको सम्बोधन गर्नका लागि २०१३ सालमा स्थापना भएको समाजले जापान र नेपालमा बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
जिल्लाका विभिन्न स्थानबाट जापानमा रहेका, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरि आउने समस्याहरुमा सहजिकरण गर्दै, जिल्लाको भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा सहयोग गर्दै आएको छ ।
यस्तै कोरोना महामारीको समयमा बिभिन्न देशहरुमा रहेको धादिङ समाज सँग समन्वय गर्दै जिल्लाका बिभिन्न पालिकामा स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरणका सामाग्री सहयोग गरेको थियो । महासचिव श्रेष्ठले अधिवेशनलाई भव्य बनाउनको लागि उल्लेख्य सहभागिता जनाउन सम्पुर्ण जापानबासी धादिङेलीहरुलाई आग्रह गर्नुभएको छ ।साथै अनलाईनबाट धादिङ समाज जापानको साधारण सदस्यता लिन पनि अनुरोध गर्नुभएको छ ।
अधिवेशन हुने स्थान र समय र स्थान :
नेवा डाईनिङ ओकुबो स्टेसन बाट २ मिनेट । 69-0073 Tokyo, Shinjuku City, Hyakunincho, 1 Chome−18−9 B1
समय : दिउंसो १ बजे
थप जानकारीको लागि सम्पर्क
दिनेश लोहनि 070 3526 3801
श्यामहरि तिमसिना 070 1425 0822
राम सिम्खडा 070 1527 3485
तलको लिङ्कबाट धादिङ समाज जापानको साधारण सदस्यता लिन सकिने





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |