

होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन हुनुभएको हो ।
महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/सङ्गठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन हुनुभएको छ ।
महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल चयन हुनुभएको हो । कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।धादिङबाट तिनजना केन्द्रिय सदस्य निर्वाचित भएका छन् । धादिङका अजय त्रिपाठी, हरिसरण पान्डे र सन्तोष थापा निर्वाचित भएका हुन् ।
नव निर्वाचित अध्यक्ष चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताउनुभयो । उहाँले हेटाँैडामा महासङ्घको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योग सरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवद्र्धनका लागि छुटको कार्यक्रम ल्याउने बताउनुभयो । महाधिवेशनमा देशभरबाट सात सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |