

बाग्मतीमा आज मुख्यमन्त्रीसँगै दुई मन्त्रीले शपथ लिने लिँदैछन् ।
बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहणका लागि सबै तयारी भइसकेको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनुहुनेछ । मुख्यमन्त्री जम्मकट्टेलसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गर्नेछन् ।
सत्ता गठबन्धनमा रहेको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । ७० जना सांसदको समर्थनमा जम्मकट्टेल मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।
एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ गरी १४ मन्त्रालयमा दाबी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा ९ र बढीमा ११ कायम गर्ने बताउनुभएको छ । जसका कारण भागबण्डा मिलाउन सकस पर्ने देखिन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |