

सेयर बजारमा बुधबार गिरावट आएकाे छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ ।
साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज रिडी पावर कम्पनीकोे सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोडभन्दा बढीको सेयर बिक्री भएको नेप्सले जनाएकाे छ । दोश्रो स्थानमा अपि पावर कम्पनीको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास र ग्रीन भेन्चर्समा करिब १० प्रतिशतले मूल्यवृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
कुल ८० कम्पनीमा मूल्य उकलो लागेको छ भने १२१ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ ।
आज १३ उपसुचकमध्ये ३ कम्पनीबाहेका सबै उपसुचकमा ओरालो लागेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |